✍️ अभिषेक खतिवडा / हिन्दु परम्परा अनुसार दशैको छुटै महत्त्व छ । घटस्थापना अर्थात् नवरात्रिको प्रथम दिन बाट सुरु भएको दशैको छुटै महत्त्व छ , हिजो पिता पुर्खाले गरेको वैदिक बिधिको अर्थ छ । चाहे गाउँमा बस्नुहुन्छ या सहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा, चाहे परिवारसँग हुनुहुन्छ या परिवारविना । दशैले सबै लाई छुन्छ ।जमरा अर्थात् जौ को जीवन त्यहाँ बाट शुरूवात भएको दशैको चरण सुरु गरिन्छ।जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ । अनि नवरात्रिभरि नै हरेक दिन पूजा-अर्चना गरिन्छ । जमरा वास्तवमा जौको अङ्कुरण भए तापनि दसैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पहेँला, हरिया अङ्कुरित बालाहरू समावेश हुन्छ । माटो, पानी, हावा, फूल, आँकुरासँगै जुटेको यो संस्कारले वनस्पतिसँग हामी अत्यन्तै नजिक छौँ भन्ने स्पष्ट पार्छ । हिन्दुहरूको महान् पर्व दसैंमा जमरा संस्कृति एउटा मौलिक धरोहरको रूपमा रहिआएको छ भने यस दशमीको दिन लाइने जमरा उमार्न घटस्थापनाको महत्त्वपूर्ण छ ।घटस्थापना ,नवरात्री,पुलपाती,महाअष्टमी,महानवमी ,विजय दशमी लगायत गरेर दशैका चरणहरु निरन्तर चल्छन । जुन नव पिडीलाई बुझाउनु पर्ने आजको आवश्यकता छ ।
नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने टीका नै विजया दशमीको महत्त्वपूर्ण सकल परिवार एकै ठाउँमा बसेर, घरको मूल खाँबो पूजा गरेर उमेर क्रमानुसार ठुला अनि क्रमशः सानाहरूले टीका, जमरा र आर्सीवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरू साइतको टिका लगाउन आफूभन्दा ठुला मान्यजन कहाँ जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजु-भाइकहाँ जाने गर्छन् ।
घरतर्फ टीका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरू टीका थापेपछि नयाँ, बास्नादार नोटहरू हात-हातमा लिएर हिँडेको दृश्य रमाइलै हुन्छ । ती नोटहरूमा लतपतिएको अक्षताका रातो रङ्गको एक विशेष सम्झना हामीमध्ये धेरैको वालपनसँग जोडिएको छ, केही सम्झना आयो तपाईंलाई ?
मुख्यतया दशमीका दिनको टिकालाई विशेष मानिन्छ । तर परपर भएका माइती मावलीहरूमा दशमीका दिन नै टिका भ्याउन नसक्ने परिवेशलाई ध्यानमा राखेर पूर्णिमाका दिनसम्म टिका र जमरा लगाइदिने चलन स्थापना भएको हो । दशमीका दिन देखि पूर्णिमा सम्म टिका लगाउनेको लर्को चलिनै रहन्छ । यद्यपि दसै को बिदा भने सामान्यतया द्वादशीसम्म दिने चलन छ ।
@तर बढदो आधुनिकता र विद्यार्थी आकर्षकण गर्नेका होस या अन्य केही टिका जमरा धेरै विद्यालयले विद्यार्थीको निधारमा सोह्र श्राद्व मै पनि लगाएको पाइयो ।विद्यालयले विद्यार्थीलाई अगाडि नै लगाएको टिका जमरा संंस्कृति माथीको प्रहार हो या संंस्कृति संरक्षण वा सिकाइको एक भाग हो यो भन्ने बुझ्न अन्योल परेको छ ।पछिल्लो समय परम्परा, संस्कृति बुझेका युवा विदेशिएका छन् । नयाँ पुस्ताले पुरानो संस्कृति पुस्तकमा पढेका छन् तर व्यवहारमा भने बुझ्न पाएका छैनन् । कतिपय सामुदायिक तथा संस्थागत विद्यालयले पुरानो संस्कृति दसैं संस्कृति झल्काउने गरी विद्यालयमै जमरा राख्ने, रातो टीका, लगाउने दशै अगाडि नै गरेका छन् । यसले भोली दशै मनाउने ट्रेन्ड नै पो बिग्रार्ने हो कि भन्ने चिन्ता पनि बढेेको छ । विद्यालय गएका बालबालिका अभिभावक केन्द्रित भन्दा शिक्षक केन्द्रित हुन्छ । उस्ले अभिभावकलाई भन्दा शिक्षक लाई बढी बिश्व गरेको हुन्छ ।
संस्कृति, सामाजिक मूल्यमान्यता सिक्ने अवसर सिर्जना गर्नु राम्रो कुरा हो,’ । तर सिकाई अधुरो र अपुरो हुँदा भोलि ठुलै दुर्घटना निम्तिन सक्ने देखिन्छ ।टिका जमरा र दक्षिणाले मात्र दशै बुझाउन खोज्ने टेन्ड अधुरो अपुरो भएको सिधै देखिन्छ ।कोसिस र सिकाइको चरण ठिक हो तर दशै मनाउने वा टिका लगाइदिने टेन्ड अगाडि देखि नै चलाउनु नेपाल जस्तो देशका लागि गल्त छ ।
कति पय नानीकेटाकेटीले दशैको टिका विद्यालयमा नै लगाइ सकेको र घरमा नलाउने भन्ने बिषय पनि प्राप्त भएको छ ।विद्यालयका येस्ता शैली प्रति स्वयम अभिभावक पनि खुशी एवम सन्तुष्ट छैइन्न।
किताबी ज्ञान मात्र होइन व्यवहारमा सिकाउन पनि आवश्यक छ तर तेसो गर्दा बिषय ध्यान दिनु आवश्यक देखिन्छ।साेह्र श्राद्धमै अबाेध बालबालिकाहरुकाे निधारमा टीका र जमरा लगाइदिएर विद्यालयहरुले महान चाड दसैंकाे धज्जी उडाए जस्ताे लाग्दैन ? जे होस ।
सिकाईका लागि व्यवहारिक शिक्षा आवस्यकता भए पनि गल्त चाड पर्व मनाउने टेन्डले भोली खतरा निम्ताउन सक्ने हुँदा बेलामा नै येस्ता खालका कार्यहरु रोक्नु र रोकिनु आवश्यक देखिन्छ ।