झापा, २१ मङ्सिर । झापा गाउँपालिकाले व्यवसायिक कृषिमा आकर्षण बढाउन तथा दिगो कृषि पेशा बनाउन सिञ्चाई लगायतमा प्रयोग हुने विद्युत खपतको ८० प्रतिशत लागत रकम व्यहोर्ने भएको छ ।

कृषिमा लागत घटाइ किसानहरुलाई खेतीप्रति आकर्षण बढाउन गाउँपालिकाले वजेट मार्फत विद्युत महशुल तिर्ने नीति लिएको हो ।
किसानहरुलाई खेतीपाती गर्न सजिलो पारेर आय आर्जन बढाउने उद्देश्यले उनीहरुको खेतबारीमै बिजुली पुर्याइरहेको कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताउनु भयो ।

का.वा अध्यक्ष अन्जु थपलियाका अनुसार किसानको खुसीको लागि गाउँपालिकाले बिद्युत महसुलमा लाग्ने ८० प्रतिशत रकम समेत चालू आर्थिक बर्ष २०८१÷०८२ को बिनियोजन बजेट मार्फत तिरिदिने भएको छ ।

झापा गाउँपालिकामा २०७४÷०७५ को बजेट मार्फत नै तत्कालीन अध्यक्ष जयनारायण शाहले किसान हितको लागि शुरु गर्नु भएको बिजुली बिस्तार कार्यक्रमले अहिले सम्म निरंतरता पाएको छ । झापाका ७ वडामा हालसम्म ५ हजार बिजुलीका पोल किसानका खेतबारीमा तारसहित जोडिएको देख्न सकिन्छ भने ८ सय पोल यस आर्थिक बर्षमा जोडिन लागेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले जानकारी दिनुभएको छ ।

पालिकाले किसान हितमा बिधुतमा लाग्ने महसुल मात्रै होइन , सिचाइ मोटर ,स्प्रे ट्यान्की समेत साझेदारी कार्यक्रम अन्तरगत उपलब्ध गराउदै आएको छ भने ५० युनिट सम्म सबै नागरिकको बिधुत महसुल समेत पालिकाले नै तिर्दै आएको प्रमुख प्रशासकीय अधिकृत थपलिया बताउनु हुन्छ ।

मकै, धान ,केरा र तरकारी खेती गर्ने किसानलाई पालिकाले ६०% सिचाइको लागि विधुत महसुल तिरिदिदैं आएकोमा यस आर्थिक बर्षदेखी ८० प्रतिशत तिरिदिन लागेको हो ।

विद्युतमा सहुलियत सहित झापा गाउँपालिकालाई प्रधानमन्त्री कृषि परियोजना मार्फत मकै पकेट जोन क्षेत्र घोषणा गरि किसानको खुसीको लागि उनिहरुलाई चाहिँने आवश्यक मल, विउ र औजार र प्राविधिक सहयोगलाई प्राथमिकता दिएको देख्न सकिन्छ ।

कृषि शाखाका अनुसार गाउँपालिकाले मकै पकेट जोन क्षेत्र घोषणा गरेपछि मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, स्प्रे ट्याङ्की, मकै सुकाउने झुल र सिचाईको लागि मोटर अनुदान सहयोगमा उपलव्ध गराउदै पालिका भित्र आवद्ध ९२ ओटा कृषि समुहलाई आवश्यक तालिम र अनुदानको ब्यवस्था समेत गर्दै आएको छ ।

झापा गाउँपालिकाले २०७४÷०७५ आर्थिक बर्ष देखी अध्यक्ष जयनारायण शाहले आर्थिक विपन्न झापा गाउँ बासीको हितमा महत्त्वपूर्ण काम गरेको देख्न सकिन्छ भने त्यसै कार्ययोजनालाई अहिले सम्म निरंतरता दिदै झापाकै नमुना गाउँपालिकाको रूपमा स्थापित हुँदै गएको प्रष्ट हुन जान्छ ।झापाका किसानलाई कृषि प्रयोजनमा ८० प्रतिशत विद्युत महशुलमा अनुदान
झापा । सिमान्तकृत तथा विपन्न बस्तीले भरिएको पश्चिम दक्षिणी गाउँपालिका झापाले कृषिमार्फत समृद्धिको सपना साकार पार्न व्यवसायिक कृषिलाई जोड दिइरहेको छ ।
पालिकाले कृषिमै रहेर समृद्धिको यात्रा निरन्तर अगाडि बढाउने कृषको संरक्षणका लागि विविध अनुदान दिएर व्यवयायिक कृषिमा जोड दिएको हो ।
पहिलो स्थानीय तह निर्वाचन २०७४ मा जयनारायण शाहले पालिकाका बासिन्दाको जीवनस्तर उकास्न कृषिलाइ्र्र देखाएर अगाडि सारेको समृद्धिको सपना निरन्तर कार्योजनाका साथ अगाडि बढाउँदा पालिकाले व्यवसायिक कृषिमा निकै ठूलो फड्को मारिसकेको छ । पछिल्लो समय शाहको व्यवसायिक कृषि मार्फत स्थानीयको जीवनस्तर उकास्ने सपना पूरा गर्ने दायित्व कार्य वाहक अध्यक्ष अञ्जुदेवी थपलियाले पाएकी छिन् ।
गाउँपालिकाले व्यवसायिक कृषिमा आकर्षण बढाउन तथा दिगो कृषि पेशा बनाउन सिञ्चाई लगायत कृषि कार्यमा प्रयोग हुने विद्युत खपतको ८० प्रतिशत लागत रकम व्यहोर्ने नीति लिएको छ ।
कृषिमा लागत घटाइ किसानहरुलाई व्यवसायिक खेतीप्रति आकर्षण बढाउन गाउँपालिकाले वजेट चालु आर्थिक वर्षको वजेट मार्फत किशानको ८० प्रतिशत विद्युत महशुल तिरिदिने नीति लिएको हो ।
किसानहरुलाई खेतीपाती गर्न सजिलो पारेर आय आर्जन बढाउने उद्देश्यले गाउँपालिकाले उनीहरूको खेतबारीमै बिजुली पुर्याइरहेको कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले जानकारी दिइन् ।
का.वा अध्यक्ष थपलियाका अनुसार किसानको कृषि कर्मप्रति खुसीपूर्ण अवस्था निर्माणका लागि गाउँपालिकाले विद्युत महसुलमा लाग्ने ८० प्रतिशत रकम समेत चालू आर्थिक बर्ष २०८१÷०८२ को विनियोजन वजेट मार्फत तिरिदिने भएको छ ।
झापा गाउँपालिकामा २०७४÷०७५ को वजेट मार्फत नै तत्कालीन अध्यक्ष जयनारायण शाहले किसान हितको लागि शुरू गरेको बिजुली बिस्तार कार्यक्रमले अहिलेसम्म निरन्तरता पाएको छ । झापाका ७ वडामा हालसम्म ५ हजार वटा बिजुलीका पोल किसानका खेतबारीमा तारसहित जोडिएको छ भने ८ सय पोल यस आर्थिक वर्षमा जोडिन लागेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले जानकारी दिए ।
पालिकाले किसान हितमा विद्युतमा लाग्ने महसुल मात्रै होइन , सिचाइ मोटर ,स्प्रे ट्याङ्की समेत साझेदारी कार्यक्रम अन्तरगत उपलब्ध गराउदै आएको छ भने ५० युनिट सम्म सबै नागरिकको विद्युत महशुल समेत पालिकाले नै तिर्दै आएको प्रमुख प्रशासकीय अधिकृत थपलियाको भनाइ छ ।
मकै, धान ,केरा र तरकारी खेती गर्ने किसानलाई पालिकाले ६०% सिचाइको लागि विद्युत महशुल तिरिदिदैं आएकोमा यस आर्थिक वर्षदेखि ८० प्रतिशत तिरिदिन लागेको हो ।
विद्युतमा सहुलियत सहित दिइरहेको झापा गाउँपालिकालाई प्रधानमन्त्री कृषि परियोजना मार्फत मकै पकेट जोन क्षेत्र घोषणा गरिएपछि किसानको खुसीको लागि उनीहरूलाई चाहिँने आवश्यक मल, बिउ, औजार र प्राविधिक सहयोगलाई प्राथमिकता दिन थालिएको छ ।
कृषि शाखाका अनुसार गाउँपालिकाले मकै पकेट जोन क्षेत्र घोषणा गरेपछि मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, स्प्रे ट्याङ्की, मकै सुकाउने झुल र सिचाईको लागि मोटर अनुदान सहयोगमा उपलव्ध गराउदै पालिका भित्र आवद्ध ९२ ओटा कृषि समूहलाई आवश्यक तालिम र अनुदानको ब्यवस्था समेत गर्दै आएको छ ।
अध्यक्ष जयनारायण शाहले पदभार सम्हालेपछि आर्थिक वर्ष २०७४÷०७५ देखि आर्थिक विपन्न उत्थानका लागि कृषिमा केन्द्रीत कार्यक्रम ल्याउन थालेका थिए । त्यसयता झापा गाउँपालिकाले त्यहाका बासिन्दाको हितमा महत्वपूर्ण काम गरिरहेको छ भने विगतकै कार्योजनालाई सफल रूपमा अहिलेसम्म निरंन्तरता दिदै आएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार