मिति २०७६।१२।७ मा जिल्ला समन्वय समिति झापाको अनुरोधमा बसेको सर्वदलीय बैठकले तपशिल बमोजिम निर्णय गरेको छ ।

१) कोरोना भाइरस संक्रमण हुन नदिन यस जिल्लाका नगरपालिका/गाउँपालिकाहरुबाट के कस्ता कदम चालिएका छन, सो सम्बन्धमा सम्बन्धित पालिका प्रमुख/प्रतिनिधी तथा जिल्लामा भए गरेका कदमहरुका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी, मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति तथा स्वास्थ्य कार्यालयका प्रमुखबाट प्रगती विवरण बैठकमा प्रस्तुत भयो । साथै राजनीतिक दलका प्रमुख÷प्रतिनिधीबाट उक्त सम्बन्धमा आवश्यक सुझावहरु प्रस्तुत भयो ।

२) प्रदेश नं. १ को उपयुक्त स्थानमा कोरोना भाइरसको संक्रमित व्यक्तिहरुको परीक्षणका लागि प्रयोगशालाको व्यवस्था मिलाउन संघीय र प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरियो ।

३) कोरोना भाइरसको जोखिम न्युनिकरण, रोकथाम तथा उपचारका लागि तपशिल बमोजिम गर्ने/गराउने निर्णय गरियो :–

क) अनुगमन तथा समन्वय गर्न जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरु सवै पालिकाका प्रमुख/अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी, जनपथ र सशस्त्र प्रहरी वलका प्रमुख र नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति सहित २५ सदस्यीय अनुगमन तथा समन्वय समिति गठन गरियो ।

ख) अनुगमन तथा समन्वय समितिको सचिवालय (स्टेयरीङ) का रुपमा संयोजकको संयोजकत्वमा राजनीतिक दलका प्रमुख, प्रमुुख जिल्ला अधिकारी, जनपथ र सशस्त्र प्रहरी वलका प्रमुखहरु र नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति समेत रहेको सचिवालय समिति गठन गर्ने निर्णय गरियो ।

ग) पचास लाख रुपैया बराबरको आकस्मिक कोषको व्यवस्था गर्ने निर्णय गरियो । सो कोषमा जिल्ला भित्रका नगरपालिकाहरुबाट रु. ३,००,०००।– दरले र गाउँपालिकाहरुबाट २,००,०००।– दरले रकम जम्मा गर्न अनुरोध गर्ने र थप आवश्यक रकम व्यवस्थापन गर्न व्यक्ति तथा संघ संस्थाहरुलाई अनुरोध गर्ने । उक्त रकम मेची अञ्चल अस्पताल व्यवस्थापन समितिले खाताबाट सञ्चालन गर्ने र सो रकम जिल्ला भित्र कोरोना भाइरसको जोखिम न्युनिकरण, रोकथाम र उपचारको लागि मात्र खर्च गरिने छ ।

घ) आकस्मिक कोषको खर्चको अनुगमनको काम अनुगमन तथा समन्वय समितिले गर्ने छ ।

ङ) काकडभिट्टा बाहेकका झापा जिल्लाका अन्य सीमा नाकाहरुमा मानव आवत/जावत रोक्न संघीय सरकारलाई अनुरोध गर्ने । सो को समन्वय जिल्ला प्रशासन कार्यालय, झापाले गर्ने ।

च) झापा जिल्लाको काकडभिट्टा नाकामा थप व्यवस्थित स्वास्थ्य चेकजाँचका लागि स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको संख्या बढाउने । सोको लागि १/१ जना स्वास्थ्यकर्मी व्यवस्था गर्न भारतसँग सीमा नजोडिएका गाउँपालिका/नगरपलिकाहरुसँग अनुरोध गर्ने र सोको समन्वय स्वास्थ्य कार्यालय, झापाले गर्ने ।

छ) काकडभिट्टा नाकामा विहान ८ः०० वजे देखि साँझ ६ः०० सम्म मात्र मानव आवत÷जावत गर्ने व्यवस्था मिलाउने ।

ज) जिल्ला भित्र साप्ताहिक रुपमा लाग्ने हाट, वजार तत्काल लाई बन्द गर्ने, माछा, मासुको खुला विक्री वितरणलाई पुर्ण रुपमा रोक्ने । भारतबाट आयात हुने माछा, मासु र मासुजन्य पदार्थ पुर्ण रुपमा रोक लगाउने ।

झ) सपिङमल, होटल, पसलहरुमा मास्क लगाउने, हात धुने व्यवस्था मिलाउन उद्योग वाणिज्य संघहरुलाई अनुरोध गर्ने ।

ञ) सार्वजानिक यातायातहरुमा यात्रुहरुलाई अनिवार्य मास्क लगाउने, हात धुने व्यवस्था गर्ने । क्षमता भन्दा वढी यात्रु राखी यात्रा नगर्ने÷नगराउने व्यवस्था मिलाउन यातायात व्यवसायीलाई अनुरोध गर्ने ।

ट) कोरोना भाइरसको संक्रमण न्युनिकरण, रोकथाम तथा उपचारलाई थप प्रभावकारी बनाउन अनुगमन तथा समन्वय समिति, यातायात व्यवसायी र उद्योग वाणिज्य संघ सहितको बैठकको आयोजना गर्ने ।

ठ) सवै सरकारी कार्यालयहरुमा प्रयाप्त सावधानी अपनाउन आवश्यक व्यवस्था मिलाउने ।

ड) सवै पालिकाहरुले पाँच दिन भित्र आ–आफ्नो पालिकाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने । पालिकाभित्र विदेशबाट आउने प्रत्येक व्यक्तिलाई सेल्फ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने, यदि संक्रमणको लक्षण देखिएमा तत्काल उपचारको प्रवन्ध गर्ने र विरामीका परिवारलाई पालिकाको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने ।

ढ) अत्यावश्यक सामाग्रीहरुको कृतिम अभाव हुन नदिन आवश्यक व्यवस्था मिलाउने । प्रभावकारी रुपमा वजार अनुगमन गर्न पालिकाहरुलाई अनुरोध गर्ने र जिल्ला अनुगमन तथा समन्वय समितिले नियमित रुपमा बजार अनुगमन गर्ने ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार