कोरोना महामारीको असर तथा प्रभावले गर्दा सरकारव्दारा घोषित लकडाउनको कारण पर्यटन उद्योगमा दुरगामी नकारात्मक प्रभावहरुले कमसेकम एक बर्षसम्म पर्यटन सुचारु हुननसक्ने भएको जनाउ“दै ६ बुंदे निर्णय सहित होटल संघ नेपालले सरकार लाई ठूला पा“चतारे होटलहरु ६ महिना सम्म बन्द गर्ने प्रस्ताव गर्ने तयारी गरेको छ ।
होटल संघ नेपालका अध्यक्ष श्रीमति सृजना राणाको अध्यक्षतामा आइतवार काठमाण्डूका ठूला सहित तारे होटलहरूका सञ्चालकहरुको बैठकले तत्काल होटल सञ्चालन गर्नै नसकिने अवस्था आएको जनाउँदै बन्द गर्ने निर्णय गरेका हुन् । संघले गरेको निर्णयमा बन्द भएको अवधिमा श्रमिकलाई पूरै तलब दिन नसकिने उल्ले गरेको छ । अबको एक वर्षसम्म पनि पर्यटन आवागमन सामान्य हुने अवस्था नभएको कुल व्यापारको ४० प्रतिशत लागत हुने मानव संसाधन व्यवस्थापन गर्न कठिन भएकोले होटल बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।
बन्द भएको अवधिमा कर्मचारी तथा मजदुरलाई तोकिएको तलबको १२ दशमलब ५ प्रतिशतमात्र दिन सकिने र बाँकी जब रिटेन्सन फन्ड बनाएर त्यसैबाट दिनुपर्ने प्रस्ताव गरेको छ । संघले सामाजिक सुरक्षा कोषमा जम्मा भएको अर्बौ रुपैयाँबाट त्यस्तो रिटेन्सन फन्ड बनाउनुपर्ने सरकारसँग माग गरेको छ । तलबको एक प्रतिशतका दरले हुन आउने रकम लामो समयदेखि जम्मा गर्दै आएको र अहिले संकटको समयमा त्यहीबाट मजदुरलाई तलब दिनुपर्ने सञ्चालकहरूले माग गरेका हुन् ।
संघका वरिष्ठ उपाध्यक्ष बिनायक शाहले कर्मचारी तथा मजदुरलाई महिनै पिच्छे सेवा शुल्क दिने र तलब भने १२.५ प्रतिशतमात्र दिन सकिने अवस्था रहेको तर बन्द गर्ने भने प्रस्ताव गरिएको बताएका छन् । उनका अनुसार अहिलेको अवस्थाका बारेमा संघले सरकारलाई अवगत गराउँदै आएको छ ं। यस्तो अवस्थामा शतप्रतिशत तलब दिनसक्ने अवस्था नरहेको बताउँदै उनले सञ्चालनको ४० प्रतिशत तलब भत्तामै जाने गरेकाले पहिला सरकारसँग प्रस्ताव गरिएको बताए । प्रस्तावमा छलफल हुने त्यसपछि थप निर्णय गरिने उनको भनाई छ ।
होटल संघ नेपालको पदाधिकारी, पूर्व अध्यक्षहरु तथा सदस्य होटेलहरुका प्रतिनिधीहरु उपस्थित बैठकले गरेको निर्णयहरु निम्न छन्–
क) कोभिड १९ को प्रकोपको असर तथा प्रभावले गर्दा नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण पर्यटन उद्योगमा दुरगामी नकारात्मक प्रभावहरु रही रहने तथा कमसेकम आगामी एक बर्षसम्म उद्योग सुचारु रुपले चल्न नसक्ने भएको हुनाले बैशाख १ गतेदेखि आगामी ६ महिनासम्म सम्पूर्ण होटल व्यवसायहरु तपसिलमा उल्लेखित शर्तका आधारमा बन्द गर्ने सहमति गरियो । यसबाट होटल उद्योगमा आश्रित कामदार कर्मचारीहरुलाई पर्न जाने असुविधालाई मध्यनजर गर्दै उनीहरु तथा आश्रित परिवारहरुको राहतको लागि लकडाउनको कारणले होटल व्यवसाय बन्द भएता पनि निम्नलिखित गर्ने निर्णय गरियो ।
ख) होटल संघ नेपालले श्रमिकहरुको व्यवस्थापन गर्ने सम्बन्धमा जारी गरेको सुचना बमोजिम यही २०७७ साल बैशाख १ गतेदेखि नै लागु हुने ६ महिनासम्म अर्थात असोज मसान्तसम्म प्रत्येक महिना आधारभुत तलबको १२.५ प्रतिशतको दरले हुन आउने रकम उपलब्ध गराउने साथै सेवाशुल्क उपलब्ध गराउने होटलहरुले श्रमिकहरुले पाउने सेवा शुल्क मौजादबाट प्रत्येक महिना उपलब्ध गराउने । ग) कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितीमा प्रतिष्ठान र श्रमिक दुवैको हित र भलाईको लागि यस संघका सदस्य होटेलले श्रमिक युनियनसंग एकहप्ता भित्र सहमतिमा माथि प्रकरण
( ग) मा उल्लेख गरिए बमोजिम १२.५ प्रतिशतका दरले पारिश्रमिक लिन सहमत नभएको अवस्थामा सो असहमत गरेको समयदेखि नै सबै सदस्य होटेलले श्रम ऐन २०७६ को दफा १४५ बमोजिम कर्मचारी कटौतीका लागि प्रक्रिया चलाई सुचना दिई आशिंक रुपमा वा पूर्ण रुपमा कर्मचारी कटौती गरिनेछ ।
घ) माथि प्रकरण (ख) मा उल्लेखित होटलले दिन सहमत गरेको आधारभुत तलबको १२.५ प्रतिशत रकममा नेपाल सरकारले थप गरी श्रमिकलाई तलबभत्ता भुक्तानी गर्न जब रिटेन्सन फण्डको व्यवस्था गर्नका लागि होटेल संघ नेपाल र ट्रेड युनियनले संयुक्त रुपमा नेपाल सरकारसंग पहल गर्ने ।
ङ) औद्योगिक सम्बन्धलाई व्यवस्थित गर्ने सम्बन्धमा सरोकार निकाय तथा श्रमिक संगठनहरुको बीचमा आवश्यक छलफल तथा सहकार्यको लागि होटेल संघ नेपालले निरन्तर पहल गर्ने । च) आजको बैठकबाट पारित भएका निर्णयलाई सबै सदस्य होटलले पालन गर्नुपर्नेछ यदि कुनै सदस्य होटेलले यस संघले गरेको निर्णय पालन नगरी उल्लंघन गरेमा सोबाट होटल संघ वा सदस्यहरुलाई पर्न जाने हानीनोक्सानी व्यर्होनुपर्ने र नव्योहोरेमा होटल संघले उचित कानुनी कारवाही चलाई असुल उपर गर्न सक्नेछ ।