काठमाडौँ । सरकारले नेपाल रेडक्रस सोसाइटीको वर्तमान तदर्थ समिति विघटन गरी ९ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ । ऐनको दफा २० को उपदफा (३) बमोजिम कार्य अघि बढाउन दफा २० को उपदफा (२) अनुसार नयाँ समिति गठन गरिएको हो ।

​कानुनी जटिलता फुकाउन सरकारले ऐनको दफा २४ बमोजिम बाधा अड्काउ फुकाउने आदेश जारी गर्दै नयाँ कार्यसमिति चयन गरेको हो । यस निर्णयको सूचना नेपाल राजपत्रमा समेत प्रकाशन गरिने बताइएको छ ।

​नगठित तदर्थ समितिको अध्यक्षमा दोलखाका विशाल कुमार भण्डारी र महामन्त्रीमा गोरखाका ऋषि रमण खनाल चयन भएका छन् । यस्तै, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालकै सर्वाधिक रक्तदाता काठमाडौँका प्रेम सागर कर्माचार्यलाई संस्थाको गरिमामय कोषाध्यक्षको जिम्मेवारी तोकिएको छ ।

​समितिका सदस्यहरूमा भोजपुरका वसन्त कुमार श्रेष्ठ, दाङकी अबिस्मी न्यौपाने, तेह्रथुमकी पुष्पा दास, सिन्धुपाल्चोकका प्रेम लामा, सप्तरीका मोहम्मद आयतुल्ला रहमान र कैलालीकी मन्जु साउद (बोहरा) रहेका छन् ।

​यसैबीच, नवनियुक्त कार्यसमितिको नेतृत्वमा रेडक्रसको टोली आगामी असार ९ र १० गते (जुन २३ र २४) श्रीलंकामा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन जाने तय भएको स्रोतले जनाएको छ । नयाँ समितिले रेडक्रसभित्र लामो समयदेखि देखिँदै आएका कानुनी र व्यावहारिक उल्झनहरूलाई सुल्झाउँदै नयाँ निर्वाचन गराउने मुख्य जिम्मेवारी पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार