जब चिनमा1949 माअाेत्सेतुङकाे नेतृत्वमा चिनियाँ क्रान्ति भयाे तब चिनकाे कम्युनिष्ट सत्ताकाे वैधता माथि पश्चिमाले प्रश्न उठाए।धेरै देशले माअाे अान्दाेलन र गठित सरकारकाे वैधता चरम विवादमा पुगेकाेले ,यसवारे अन्याेल पुगिरहेकाे थियाे।यहि वेला भारतले सर्व प्रथम चिनियाँ सत्तालाई वैधता प्रदान गर्याे।
यसरी सुरु भएकाे भारत चिन सम्बन्ध याे समयका प्रधान मन्त्रि जवहरलाल नेहरु र चिनियाँ माअाे विच सम्वन्धका अायाम वढ्नलागे।यहि समयमा भारतकाे सरकारले चिनले कव्जा गरेकाे तिव्वतलाई विनासर्त मान्यता दिएपछि नेहरुले चिनकाे प्रभाव र संभावित खतरा अाकलन गरि भारत चिन मित्रवत सम्वन्धकाे प्रश्ताव लिएर चिनगए र मित्रवत सम्बन्ध कायम गरे।याे कुरा सन् 1960 अगाडिकाे हाे।भारत सरकारले तिव्वत संग सीमा जाेडिएकाे म्याक माेहन रेखाकाे अाधारमा अाफ्नाे दावि गरेकाे थियाे।चिनले अाफुलाई सहयाेग गरेकाे र अन्तरास्ट्रिय स्तरमा वैधता दिएपछि भारत संग नजिक ठानिरहेकाे थियाे,यसै कारण चिनले भारतले दावि गरेकाे भुमिमा चिनले कुनै दावि नगर्ने र भारतलाई साे जमिनकाे अधिकार दिने भनेर अाश्वस्त पारेका थियाे।
जब तिव्वतमा 1959 मा विद्राेह भयाे र चिनले साे विद्राेहलाई दमन गर्याे र दलाईलामा भागेर भारत पुगे भारतले दलाईलामालाई शरण दियाे,यहावाट भारत चिन विच देखिने गरि खटपट सुरु भए।चिन र भारत विच रहेकाे काश्मिर राज्यकाे सिमा भएर जाने म्याक माेहन रेखामा चिनले सडक वनाउन सुरु गरेकाे थियाे।चिनले तिव्वतवाट सडक वजाउदै अक्कसाई चिनकाे ईलाका जाे काश्मिरकाे क्षेत्र हाे त्यहा ल्याई पुर्याएकाे भारतले थाहा पायाे।
नकाे सडक निर्माण प्रति भारतले अापत्ति जनायाे।नेहरु र चाउ एनलाई विच यसवारे कुराकानि भए तर कुनै निश्कर्षमा पुगेन यहि विचमा साे सीमा रेखामा भारतले केही गस्ति र पाेष्ट वढायाे ।भारतिय र चिनी सैनिक विच सानासाना घटना सुरु हुन थाले।चिनियाँ सेनाले भारतिय गार्डहरुलाई नियन्त्रणमा लिएर राख्ने छाड्ने काम पनि भए।सीमामा दुवै सेनावाट फायर खाेल्ने र हल्का लडाई हुन थालेका थिए।
तर भारत चिन 1954मा भएकाे ५ वुदे सम्भाैता र चिनकाे अाश्वाशनका कारण युद्द हुने वारे अनुमान भारतले गरेकाे थिएन।भारतकाे सेना सीमामा निकै कम र साधन स्राेत विहिन थिए।तर चिनियाँ सेनाले अान्तरिक रुपमा युद्दकाे तयारी स्वरुप हतियार र सेना एवं सैन्य गतिविधि वढाई रहेकाे थियाे।
चिनियाँ सेनाले २० अक्टाेवर 1962 काे राति भारतिय पाेष्टमाथि भयानक हमला गरिदियाे।यतिवेला भमरतीय सेना लगभग 12000 जति थिए साे ठाउमा।भारतिय सेनामा 4200 मिटर माथिकाे हिमालि भेगमा लड्ने कलामा कमजाेर थियाे।चिनियाँ सेना लगभग 90000 भन्दा वढिकाे तयारि थियाे।चिनले सडक वजाएकाेले युद्द सहज भयाे तर भारतिय सेना संग न सेनाकाे संख्या न उचित सैन्य सामग्री थियाे।यश लडाईमा भारतकाे हार भयाे जहाँ 1400 जति भारतीय सेनाकाे मृत्य,1150 जतिघाईते र 1700 जति सेना वेपत्ता भए।भने 4000 भारतिय सेनालाई चिनले वन्धक वनायाे।त्यसै गरि चिनका करिव 800 सेनाकाे मृत्यु भयाे।भने चिनका 17 सय सेनााघाईते भए र अक्साई चिन भारतवाट चिनले कव्जा गर्याे।काश्मिरि भुभागकाे साे अक्साई चिन काे करिव 20 हजार वर्ग किमि भन्दा वढि भुमि भारतवाट चिनले कब्जा गर्याे।याे अकल्पनिय हारवाट भारत तिलमिलायाे।यसरी लडाई हाेला र याे क्षति हाेला भनेर भारतले कल्पना पनि गरेकाे थिएन।जहाँ भारतकाे भुमि पनि गुम्याे।याे लडाकाे माेर्चा एकातिर अक्साई चिन तिर र अर्काे माेर्चा अरुणान्चल प्रदेशतिर पनि थियाे।
भारत याे लडाईवाट विस्मित भयाे उसका थकित र हारेका सेना लिम्पियाधुरा माथिकाे रुट प्रयाेग गरेर तल अायाे।भारतले वल्ल थाहा पायाे कि टिंकर अासपासवाट चिनियाँ सेना सजिलै भारत पस्न सक्दछ भन्ने।भारत यति शसंकित भयाे कि चिनले थाहा नदिई फेरि अाक्रमण गर्छ भन्ने भय थियाे।
यस लडाईले भारतलाई चिन प्रति ठुलाे संदेह उत्पन्न भयाे।भारतमा खैलावैला भईरहेकाे थियाे।यस क्रममा थकित सेनालाई संभावित अाक्रमण हुने ठाउमा राखेर उपचार गर्न र कुनै ठाउमा उपयुक्त सैन्य शिविर खडा गर्नु थियाे।साे लडाईमा भारतले गाेरखा सेनाकाे परिचालन गरेकाे थियाे।धेरै नेपाली गाेर्खाकाे ज्यान गएकाे थियाे।
चिन संगकाे लडाईले भारतिय मनाेविज्ञान कमजाेर भएकाे थियाे।भारतिय प्रम नेहरु र त्यहाका अधिकारिले अाफ्नाे सेनालाई तत्काल चिनले अाक्रमण गर्न नसक्ने ठाउकाे खाेजि गरे र हार खाएर फर्केकाे सेनालाई कालापानिमा राख्न सकिने ठान्याे।तर याे भूमि नेपालकाे थियाे ।भारतिय प्र म नेहरुले अाफ्ना सेना केही समयराख्न र उपचार गर्नकाेलागि नेपालका राजा महेन्द्र संग अनुराेध गरे।भारतले एक प्रकारले दया याचिका माग्याे।नेहरुले सेनाकाे अल्पकालिन विश्राम मागेपछि पछि हटेने गरि साे भुमि कालापानिमा अाफ्ना घायल सेनाकाे उपचार र एकतृकरण गर्याे।जहाँ राजा महेन्द्र र नेहरु विचमा साे भुमि ३ महिना पछि छाड्ने सहमति भयाे।
भारतले शरण मागेपछि नेपालका राजा महेन्द्रले छिमेकिलाई अापत परेकाे वेला सहयाेग गर्ने धर्म वमाेजिम त्याे भुमि अल्पकालिन रुपमा वस्न दिएका थिए।नेहरुले राजा महेन्द्रलाई साे भुमि नेपालकाे भएकाेले चिनले भारतमाथि तत्काल हमला नगर्ने भनेर भारतकाे वुझाई रहेकाे वताएका थिए।
चिनकाे याे हमला पछि भारतले चिनकाे जासुसि गर्न नेपालकाे उत्तरी भेगमा चेक पाेष्ट खडा गरेकाे थियाे।महेन्द्रले पछि याे चेक पाेष्ट हटाईदिए तर कालापानि सुदुर र दुर्गम भएकाे कारण नेपालकाे प्रशासन पुगकाे थिएन।भारतले महेन्द्र संगकाे संझाैतालाई अालटाल गरिरह्याे।नेपालले अल्पकालिन शरण दिएकाे सेनाले स्थायि संरचना वनाउदै चिनकाे जाशुसिमा प्रयाेग गरिरहयाे।
यसमामलामा भारतकाे विदेश नीति अविश्वास र संशय र साना राज्यलाई मिचाहारुपवाट नै हेर्ने र मुल्यांकन गर्ने गरि विकास भयाे।नेहरुकाे याेजना नेपाल सिक्किम र भुटानलाई भारतमा विलय गराउने थियाे।यसैकारण चिनले तिववत कव्जा गर्दा समर्थन गरेकाे मुल कारण थियाे।याे भारत चीन युद्दवाट भारतले धेरै कुरा सिकेकाे थियाे।चिनले जसरि तिव्वत कव्जा गरेपछि भारतकाे मनाे विज्ञान पनि सानालाई कव्जा गर्नेतिर लागेकाे हाे।चिनले सन 1950 मा तिब्बत कव्जा गरेपछि समरेथन गरेकाे भारतकाे नीति(नेहरु) उसकाे उत्तरि सीमा हिमालय पुरयाउने थियाे, नेपाल ,भुटान र सिक्किमाथि हमला गरदा चिनकाे माैनता चाहेकाे थियाे, तर चिनले साे कुरालाई स्पट संग अस्विकार गरिदियाे भने भारतका संकराचार्य र महन्तहरु एवं गाेरुखपुर मठले पनि नेहरु याेजना र नेपालकाे संभावित अाक्रमण रुचाएका थिएनन।गाेरखनाथ र पशुपति भूमि स्वतन्त्र रहनेवारे राजा महेन्द्रले याेगि कुटनीति पनि चालका थिए।भारतले काला पानिवाट सेना हटाउन अलमल गरिरहेकाे तथा महेन्द्रकाे निधन पछि याे मुद्दा नेपालमा कमजाेर भयाे र भारतले यसमा स्थायि रुपमा संरचना र रणनीतिक रुपमा प्रयाेग गरिरह्याे।
नेपालका राजालाई झुक्यान र अाश्वासनमा पारि भारतिय सेना सन 1962 नाेभेम्वर डिसेमेवर तिर देखि कालापानिमा रहेकाे छ।