हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पहाडिया र मधेसि मुस्लिम अतिबादका दुबैलाइ मिलाएर जान्छौ –पुर्व मन्त्री जाकिर हुसेन

मुस्लिम समुदायबीच विकसित प्रवृत्ति एकजना पहाडे मूलका मुस्लिम नेताले मलाई फेसबुक च्याटमा लेख्नुभयो, ‘‘तपाईं त पहाडे मुस्लिमको बिरोधी रे नि त’ दिक्क मान्दै छोटो उत्तर दिएँ, ‘‘हो, सुन्नुभयो होला । मेरो बारेमा बोल्नेहरुको संख्या कम छैन ।

Advertisement

यस्ता कैयौं कुराहरु मेरो पछाडिमा चलिरहन्छन्, कसैले मलाई मान्छे न भेटेर मन्त्री बनाइएको पनि भनेका छन्, कसैले जनाधार नभएको मान्छे पनि भनेका छन्, कसैले राजनीतिक खेलाडी पनि भनेका छन्, कोही कोहीले बौद्धिक पनि भन्छन्, कोही कोहीले मुस्लिम मुद्दाको ब्याख्याकार पनि भन्छन्, कोही कोहीले मुस्लिम आन्दोलनका अभियन्ता पनि भन्दछन् । हो, मेरो कानमा यी कुराहरु टकराइरहन्छन् । मैले कसैलाई जवाब दिइरहन आवश्यक ठानेको पनि छैन । न म उचालिन्छु, न म खुशीले मात्तिन्छु । किनकि म जे हुँ, त्यही हुँ ।’

Advertisement

मैले माथिको पृष्ठभूमि उद्धृत गर्नुको कारण म पनि आज मधेशी र पहाडी मुसलमानको विवादाष्पद विषयलाई नै कोट्याउने मन गरें । हज समितिका अध्यक्ष शमशेर मियाँले एक टेलिभिजन इन्टर्भ्यूमा पहाडीया मुसलमान र मधेशी मुसलमानबीचको अन्तरद्वन्द्वको मनोवैज्ञानिक पक्षको कुरा उठाउँदा उहाँ मुस्लिम वृत्तमा निकै आलोचित भई टिकाटिप्पणीको शिकार हुनुभयो । उहाँले बिरोध खप्न नसकेर माफी माग्दै सामाजिक सञ्जालमा आउनुभयो । म भएको भए पद छोडिदिन्थें तर माफी चाहिँ माग्ने थिइन ।

किनभने शमशेर मियाँले बोलेको विषय न नौलो थियो न गलत नै । त्यो विषय बोल्ने शमशेर मियाँ पहिलो व्यक्ति हुँदै होइन । मधेश र पहाडका शमशेर मियाँभन्दा सिनियर धेरैजनाले त्यस प्रकृतिका कैयौं अभिव्यक्ति पहिले नै दिएका छन् । मधेश र पहाडका मुसलमानलाई लडाएका छन् । मधेशी मुसलमानलाई मधेशका आम जनतासँग लडाएका छन् ।

पृथक मनोविज्ञान : यो यथार्थ हो कि मधेशी र पहाडी मुसलमानको मनोविज्ञानमा भिन्नता छ । एउटै धार्मिक समुदाय र राज्यस्तरमा अल्पसंख्यक समुदाय भएको हुनाले धेरै समानताहरु छन् तर भौगोलिक भिन्नताले दुवैको मनोविज्ञानमा ठूलो अन्तर छ । सामान्यतः मधेशी मुसलमानले पहाडी मुसलमानलाई पृथक ठान्दछन् भने पहाडी मुसलमानले मधेशी मुसलमानलाई पृथक ठान्दछन् । केही विभेदका कुराहरु पनि दुवैको बीचमा बिद्यमान छन् । एकअर्कालाई स्वभाविक रुपमा स्वीकार गर्ने अबस्थाहरु पनि छन् । भौगोलिक प्रतिस्पर्धाको पनि माहौल छ ।

पहाडी मूलका नजीर मियाँ, सफिक मियाँ, हसिना मियाँ २०६४ सालमा सभासद् हुँदा खेरी मधेशी मुस्लिम नेताहरुले आपसी गफसफमा तिनको उदाहरण दिएर बिरोधका स्वरहरु घन्काउने गर्थे । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको स्थापना हुँदा पहाडे मूलका अब्दुल सत्तारलाई त्यसको संयोजक बन्न धेरैजना मधेशी मूलका मुस्लिम अगुवाहरुले भाजो हालेको साक्षी हुँ म । त्यसरी नै मधेशी मूलका मौलाना खालिद सिद्दिकीको नाममा अडचन खडा गर्ने पहाडी मुसलमानहरुको नाम याद छ मलाई अझै पनि । मुस्लिम गठबन्धनको राजनीतिक अबधारणापत्र बनिरहँदा राज्यपुनर्संरचनाको विषय महत्वपूर्ण थियो ।

हामीले मुद्दाहरुको निर्क्यौल गरिरहँदा ‘‘मधेश’ शब्दमा निकै आन्तरिक कहल उत्पन्न भयो । ‘‘मधेश’ शब्दलाई स्वीकार नगर्ने केही अभिधूतवादी सोचका पहाडे मूलका मुस्लिम नेताहरुले निकै बाधा मात्र पुर्याएनन्, उनीहरुको पटक पटक भिन्दै कोठे बैठक भयो । तत्कालीन केही सभासद् र लगभग लगभग सवै पहाडे मुस्लिम नेताहरु ती काठे बैठकहरुमा समावेश भए । हाम्रो पहिचान ‘‘मधेशी’ हो भन्ने सोचका केही मधेशी मुस्लिम नेताहरुको पनि भिन्दै नियमिति बैठकहरु भए ।

तर, दुवैलाई समेटेर लैजानेहरुको एउटा समूह पनि थियो त्यहाँ जसको अन्ततः जीत भयो र हामीले मुस्लिम समुदायको पृथक पहिचानको मुद्दालाई मूल एजेण्डाको रुपमा लैजान सक्यौं । गठबन्धनको आन्दोलन अबधिभर यो विषयमा मुस्लिम नेताहरुबीच रस्साकसी भइरह्यो । मध्यमार्गीहरुको पहलले आन्दोलनले जीवन्त रुप लियो । हो, त्यस मध्यमार्गीहरुमध्ये एउटा म पनि थिएँ जसले वैचारिक विषयको निरन्तर ब्याख्या विश्लेषण र दस्तावेजीकरण गरिरहेको थियो, सांगठनिक विषयमा सक्रियतापूर्वक लागेको थियो । पछि म संविधानसभा सदस्य पनि भएँ । त्यहाँको माहौल र राजनीतिक शब्दजालको अध्ययन गरेपछि मैले मूल एजेण्डामा फेरि संशोधन गरें । पहिले स्थापित ‘‘‘मुस्लिम समुदायको पृथक पहिचान’लाई ‘‘‘मुस्लिम समुदायको पृथक राष्ट्रिय पहिचान’ को रुपमा परिमार्जित गर्न ब्याख्या गरें  र, यसलाई गठबन्धनको मूल एजेण्डाको रुपमा अगाडि सारियो । यसमा पहाडे समुदायका मुस्लिम नेताहरुको ठूलो समर्थन मिल्यो भने मधेशी पहिचानमा बिलयन हुन चाहने मधेशी मुस्लिम नेताहरुको बिरोधको उत्तिकै मजबुत ढंगले सामना गर्नु पर्यो । बिरोधबीच नै हाम्रो आन्दोलन भइरह्यो ।

त्यस राजनीतिक एजेण्डामा एकथिरका नेताहरुको समर्थनको कारण स्वार्थबाहेक केही थिएन र अर्का थरिका नेताहरुको बिरोधको कारण उनीहरुको पार्टीप्रतिको लगावको स्वार्थबाहेक अरु केही थिएन । माथिको पृष्ठभूमिलाई यहाँ जोड्न चाहन्छु । मसित च्याटमा आफ्नै विचार राख्दा पनि अरुले यस्तो भने भन्ने पहाडे समुदायको त्यस मुस्लिम नेतालार्ई प्रष्ट्याउन चाहन्छु– कसैको बारेमा विचार बनाउनुभन्दा पहिले त्यसको बारेमा तहकीकात गर्नुस् । यदि मलगायत २–४ जना मात्र मधेशी मूलका मुस्लिम नेताहरु अन्य मधेशी नेताहरुको धारमा उभिएको भए आजको संबिधानमा मुस्लिम समुदायको पृथक राष्ट्रिय पहिचान स्थापित हुने थिएन ।

ऊ आज मधेशी पहिचानमै बिलयन भएर जान्थ्यो । यसको मारमा सदाको लागि कोही पर्थ्यो भने त्यो पहाडका तीन प्रतिसत मुसलमान नै पर्थ्यो । यसले मधेशी मुसलमानलाई पनि सदाको लागि अन्धकारमा धकेलिदिने थियो । हो, यो थियो हाम्रो दुरदर्शी सोच र सजगता । पहाडी मुसलमानहरुको हुनेवाला हबिगतबाट बचाउन पहाडी मुसलमान लागिपर्नु स्वभाविक थियो । तर, त्योभन्दा कैयौं गुना बढी मेहनतका साथ लागिपरेको समुदाय भने मधेशी मुसलमान नै थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)