समुन्नत सङ्घीय समाजवाद हाम्रो पार्टीको वैचारिक दृष्टिकोण वा मार्गदर्शक सिद्धान्त हो । यो विश्व समाजवादी आन्दोलनको ढुकुटीमा नयाँ विचार प्रवाह हो । विगत सात दशकदेखि नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टीले समाजवादको नाममा राजनीति गरिरहेका छन ।
नेपाली काङ्ग्रेसले वि.सं. २०१२ सालदेखि लोकतान्त्रिक समाजवादलाई अङगिकार गर्यो । नेपाल कम्युनिष्ट पार्टीले स्थापनाकाल वि.सं २००६ सालदेखि नै साम्यवादी विचारको अवलम्बन गर्यो । ती दुबै विचारधाराले नेपालको बहुराष्ट्रिय विशेषतालाई सम्बोधन गर्न सकेनन् ।
नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक लगायतका विशेषताहरूलाई सम्बोधन गरेन । नेपाली काङ्ग्रेसले पश्चिम युरोपको एकल जातीय समाजवादी मोडेललाई अभ्यासमा ल्यायो । बजार अर्थतन्त्रको नाममा सामाजिक उत्तरदायित्वलाई भुल्यो । नेपाल कम्युनिष्ट पार्टीले पार्टी र राज्यबिच पृथकीकरण गर्न सकेन । अधिनायकवादी दृष्टिकोणलाई अबलम्बन गर्यो ।
पार्टी र राज्यको लोकतान्त्रिकरणको नारा दिएर नोकरशाही समाजवादी मोडेल लागु गर्यो । राजकीय समाजवादको मोडेलबाट अगाडि बढ्यो । बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको समाजवाद भने तापनि त्यसले नेपाली समाजको विशेषतालाई सम्बोधन गरेन ।
त्यसैले जातीय उत्पीडनमा परेकाहरूलाई सङ्घीयता र वर्गीय उत्पीडनमा परेकाहरूलाई समाजवादको माध्यमबाट मुक्त गर्ने लक्ष्य लिइएको छ । तसर्थ समुन्नत सङ्घीय समाजवाद एक्काइसौँ शताव्दीको विश्व ज्ञान र चेतनामा आधारित नेपाली विशेषतायुक्त समाजवाद हो

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार