नेत्रविक्रम बिमली/ झापा, कनकाई। झापाको कनकाई नगरपालिका–कोटी होममा स्थापना गरिएको कनकाई सहारा सर्पदंश उपचार केन्द्रमा हालसम्म २३० जना सर्पदंश पीडितको सफल उपचार गरिएको छ।
उपचार केन्द्रका अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्म विषालु र अविषालु सर्पले टोकेका २३० जना बिरामीको उपचार गरिएको हो। तीमध्ये २५ जना विभिन्न प्रकारका विषालु सर्पद्वारा टोकिने बिरामी रहेका थिए भने अन्यहरू अविषालु सर्पको टोखाइबाट प्रभावित थिए।
उक्त केन्द्रमा छिमेकी राष्ट्र भारतका समेत २० जना बिरामीको उपचार गरिएको छ, जसले यस क्षेत्रको सर्पदंश उपचारमा केन्द्रको महत्व झल्काउँछ।
नेपाल रेडक्रस सोसाइटी, सहारा संस्था, लाइन्स क्लव तथा कनकाई नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन हुँदै आएको सर्पदंश उपचार केन्द्रमा हाल एकजना चिकित्सक, चारजना सर्पदंश प्राविधिक तथा दुईजना अन्य कर्मचारी कार्यरत छन्।
उक्त केन्द्र २०७४ साल जेठ १५ गतेदेखि सञ्चालनमा आएको हो। स्थापना यता झापा तथा आसपासका क्षेत्रहरूका साथै भारतबाट समेत बिरामीहरू यहाँ उपचारका लागि आउने गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
3

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार