बिर्तामोड (झापा)— नेपालको प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर’ (Ather) ले झापाको बिर्तामोडमा आफ्नो नयाँ ‘एथर एक्सपिरियन्स सेन्टर’ (सोरुम) सञ्चालनमा ल्याएको छ । नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जी प्रा.लि.ले भुर्तेल इनर्जी प्रा.लि.को डिलर व्यवस्थापन अन्तर्गत आइतबार (जेठ १० गते) देखि सोरुमको औपचारिक उद्घाटन गरेको हो ।

बिर्तामोडमा थपिएको नयाँ सोरुमसँगै नेपालभर एथरका एक्सपिरियन्स सेन्टरहरूको संख्या ११ पुगेको कम्पनीले जनाएको छ । हाल काठमाडौं उपत्यकामा ५ वटासहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर र बिर्तामोडमा एथरका सोरुमहरू सञ्चालनमा छन् । ग्राहकलाई बिक्रीपछिको सहज सेवा उपलब्ध गराउन देशभर १० वटा आधिकारिक सर्भिस सेन्टरहरू पनि सञ्चालनमा रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले दुईपांग्रे ईभी (इलेक्ट्रिक भेहिकल) सेग्मेन्टमै पहिलोपटक सबैभन्दा लामो ८ वर्षको ‘एक्सटेन्डेड ब्याट्री वारेन्टी’ प्रदान गर्दै आएको छ । बिर्तामोडको नयाँ सोरुममा एथरका दुई मुख्य सिरिज ‘एथर ४५०’ र फेमिली स्कुटर ‘एथर रिज्टा’ (Ather Rizta) उपलब्ध हुनेछन् ।

एथर ४५० सिरिजमा गुगल म्यापमा आधारित नेभिगेसन, अटो होल्ड, फल सेफ, रिभर्स मोड र टचस्क्रिन ड्यासबोर्ड जस्ता अत्याधुनिक सुविधाहरू छन् । त्यस्तै, पारिवारिक प्रयोगका लागि डिजाइन गरिएको ‘रिज्टा’ मोडलमा फराकिलो सिट, ठूलो स्टोरेज क्षमता, ट्र्याक्सन कन्ट्रोल, चोरी नियन्त्रण गर्ने ‘थेफ्ट अलर्ट’ र ड्यासबोर्डमै ह्वाट्सएप नोटिफिकेसन हेर्न मिल्ने प्रविधि समावेश गरिएको छ ।
नयाँ सोरुममा ग्राहकले स्कुटरको लाइभ डिस्प्ले, टेस्ट राइड, फाइनान्सिङ तथा पुरानो स्कुटरसँग साटफेर (एक्सचेन्ज) गर्ने सुविधा पाउनेछन् । बिर्तामोडमै आफ्नै सर्भिस सेन्टर र स्पेयर पार्ट्सको उपलब्धता रहने भएकाले ग्राहकले बिक्रीपछिको सेवा सहजै पाउने कम्पनीको दाबी छ ।
इलेक्ट्रिक इकोसिस्टमलाई मजबुत बनाउन एथरले देशभर ४० भन्दा बढी स्थानमा ‘एथर ग्रिड’ फास्ट चार्जिङ नेटवर्क विस्तार गरिसकेको छ । कोशी प्रदेशका ग्राहकका लागि बिर्तामोडको ‘थ्री डिग्री क्याफे’, धरानको ‘सीएसई अफिस अटोमेसन’ र इटहरीको ‘एथर एक्सपिरियन्स सेन्टर’ मा फास्ट चार्जिङ सेवा उपलब्ध गराइएको र आगामी दिनमा अन्य स्थानमा पनि चार्जिङ स्टेसन थपिने वैद्य इनर्जीले जनाएको छ ।
बिर्तामोड सोरुम उद्घाटनको अवसरमा आगामी जेठ १७ गतेसम्मका लागि विशेष अफर समेत सार्वजनिक गरिएको छ । यस अवधिमा स्कुटर बुकिङ वा खरिद गर्ने ग्राहकले थप ब्याट्री वारेन्टी, शून्य प्रतिशत (०%) ब्याजदरमा फाइनान्सिङ सुविधा र एक्सचेन्जमा अतिरिक्त मूल्यांकन (भ्यालुएसन) को फाइदा लिन सक्नेछन् ।

















