बुद्धशान्तिका मैत बहादुर लिम्बुको रुखबाट लडेर घाइते भएपछि उपचारका क्रममा मृत्यु
बिर्तामोड: झापाको बुद्धशान्ति गाउँपालिकामा रुखबाट लडेर गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
गत जेठ ७ गते दिउँसो साढे १ बजेको समयमा बुद्धशान्ति गाउँपालिका वडा नं. १ मझुवा बस्ने ५५ वर्षीय मैत बहादुर लिम्बु आफ्नै घर नजिकै रहेको कुटमिरोको रुखमा घाँस झार्ने क्रममा अचानक सन्तुलन गुमाएर लडेका थिए। रुखबाट लड्दा उनको टाउको र छातीमा गम्भीर भित्री चोट लागेको थियो।
घाइते लिम्बुलाई तत्कालै उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी (B&C) अस्पताल पुर्याइएको थियो। अस्पतालमा सघन उपचार भइरहेकै क्रममा जेठ १० गते अपराह्न ४:०० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ भने घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
Ai बाट निर्मित सङ्केत तस्बिर

















