हल्दिबारी, झापा ।

हल्दिबारी जेसीजकी संस्थापक अध्यक्ष जेसी युनिता दवाडी अन्तर्राष्ट्रिय युवा प्रवर्द्धन कार्यक्रम ‘जेसीआई एस्पाक’ (JCI ASPAC) मा सहभागी हुन जापान प्रस्थान गरेकी छिन् । जापानको निइगाता (Niigata) सहरमा आयोजना हुने जेसीआई एसिया प्रशान्त क्षेत्र (Asia-Pacific Area Conference) को विशेष सम्मेलनमा हल्दिबारी जेसीजको प्रतिनिधित्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । स्थानीय स्तरमा सामाजिक नेतृत्व र युवा सशक्तीकरणमा सक्रिय भूमिका खेल्दै आएकी दवाडीले यस अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षेत्र र समग्र नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

​यो यात्रा नेपाल र स्थानीय संस्थाका लागि गौरवको विषय बनेको छ । सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका हजारौँ युवा नेतृत्वकर्ताहरूको सहभागिता रहने र त्यहाँ हुने अनुभव आदानप्रदानले हल्दिबारी जेसीजलाई आगामी दिनमा नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र अन्तर्राष्ट्रिय भाइचारा अभिवृद्धिका दृष्टिकोणले यो भ्रमण फलदायी र उपलब्धिमूलक रहने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार