कचनकवल, झापा । कचनकवल गाउँपालिकाको न्यायिक समितिको आयोजनामा सञ्चालन गरिएको ‘१४ दिवसीय विद्यार्थीसँग कानुनी सचेतना कार्यक्रम’ अन्तर्गत तेस्रो चरणको कार्यक्रम वडा नं २ स्थित स्वर्णिम शिक्षा सदनमा सम्पन्न भएको छ।

गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक नवराज भट्टराईको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमले विद्यार्थीहरूलाई कानुनका आधारभूत पक्ष र सामाजिक विकृतिविरुद्ध सचेत गराउने उद्देश्य राखेको छ।

कार्यक्रमको औपचारिक शुभारम्भ लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालय (कचनकवल-२) बाट भएको थियो। दोस्रो चरण विद्या निकेतन माध्यमिक विद्यालय (कचनकवल-६) मा सम्पन्न भइसकेको थियो भने तेस्रो चरण भव्यताका साथ स्वर्णिम शिक्षा सदनमा सम्पन्न भएको छ।

विद्यार्थीहरूलाई अन्तरक्रियात्मक ढंगले कानुनी र सामाजिक विषयमा जानकारी दिइएको थियो:
आधारभूत कानुनी शिक्षा: देशको मूल कानुन र नागरिकका कर्तव्य।
स्थानीय सरकारका ऐन: गाउँपालिकाबाट जारी गरिएका नियम तथा निर्देश।
न्यायिक समिति: समितिको काम, कर्तव्य र न्याय सम्पादन प्रक्रिया।
सामाजिक सुरक्षा: बाल मनोविज्ञान, लागू औषध दुर्व्यसन न्यूनीकरण र साइबर अपराध नियन्त्रण ।

कार्यक्रममा विभिन्न विषयविज्ञहरूले विद्यार्थीहरूलाई कानुनी र सुरक्षासम्बन्धी जानकारी दिएका थिए। सहजकर्ताहरूमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक खगेन्द्र बहादुर खड्का, प्रहरी निरीक्षक दुर्गा बहादुर भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, इजलास अधिकृत रमेश भट्टराई तथा अभिलेख प्रशासक उमेस मिश्र रहनु भएको थियोे ।

गाउँपालिकाले यस १४ दिने अभियानलाई युवा पुस्तामा कानुनी साक्षरता बढाउने लक्ष्यसहित पालिकाका विभिन्न विद्यालयमा निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार