झापा । नेपाली कांग्रेसले कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न विशेष समिति गठन गरेको छ। वरिष्ठ अधिवक्ता यदुनाथ खनाल को संयोजकत्वमा बनेको उक्त समितिमा पूर्वन्यायाधीश कृष्ण प्रसाद पौडेल लगायत सदस्य रहेका छन्।
समितिले सरकारसँग कार्की आयोगको प्रतिवेदन उपलब्ध गराउन औपचारिक माग गर्ने निर्णय गरेको छ। हालसम्म प्रतिवेदन सार्वजनिक रूपमा उपलब्ध नभएकाले यसको आधिकारिकतामाथि अन्योल कायम रहेको बताइएको छ।
सरकारबाट प्रतिवेदन प्राप्त नभएमा मिडिया, सामाजिक सञ्जाल तथा अन्य स्रोतका आधारमा अध्ययन गर्ने विकल्पसमेत खुला राखिएको कांग्रेसले जनाएको छ।
कार्की आयोगको नेतृत्व गौरी बहादुर कार्कीले गरेका थिए। आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। सोही प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्।
समितिलाई ७ दिनभित्र सुझावसहितको प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1















