बिर्तामोड नगरपालिका–५ स्थित गायत्री माता मन्दिरको प्रथम वार्षिकोत्सव माघ ९ गते मनाइने भएको छ ।
वार्षिकोत्सवको अवसरमा मन्दिर स्थापना तथा निर्माणमा सहयोग पु¥याउने दाताहरूलाई सम्मान गरिनेछ भने विशेष पूजा–अनुष्ठान, धार्मिक प्रवचन र सांस्कृतिक कार्यक्रम आयोजना गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
वुधवार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै बार्षिकोत्सवका समयमा गरिने कार्यक्रमका बारेमा समेत जानकारी गराइएको छ । मन्दिर निर्माण समितिका संयोजक तथा संरक्षक रौनक बंशलको अध्यक्षतामा भएको कार्यक्रममा मन्दिर संरक्षक समितिका सदस्य भेषराज भण्डारी प्रशान्तले माघ ९ गते हुने कार्यक्रमका विषयमा जानकारी गराउनुभएको छ ।
वार्षिकोत्सवमा ९ गते साँझ ६ बजेदेखि प्रसिद्ध भजन गायक राजु अधिकारी, रोशन अधिकारी र गुञ्जन दाहालसहितको टोलीले संगीतमय भजन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साथै, भव्य श्रृंगारसहित महाप्रसाद वितरण गरिने जनाइएको छ । त्यस्तै मन्दिर निर्माणमा सहयोग पु¥याउने स्थानीय सरकार, प्रदेश सरकार सहित ७५ जना दातालाई सम्मान गरिने मन्दिरका संरक्षक बंसलले जानकारी दिनुभयो । पूर्व नेपालमै पहिलो पटक करिब अढाई करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको यस मन्दिरले छोटो समयमै आस्थाको केन्द्रका रूपमा परिचय बनाएको छ ।
मन्दिर सञ्चालनको पहिलो वर्षमै दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेको व्यवस्थापन समितिको दाबी छ । अर्जुनधारा जलेश्वर धामपछि पूर्वकै बढी भक्तजन आउने धार्मिक स्थलका रूपमा श्री गायत्री माता मन्दिर परिचित बन्दै गएको छ । २०८० साल जेठ १७ गते निर्माण सुरु भई २०८१ साल माघ २१ गते विधिपूर्वक प्राण–प्रतिष्ठा गरी मन्दिर सञ्चालनमा आएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीबाट प्राण–प्रतिष्ठा सम्पन्न गरिएको उक्त कार्यक्रममा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाँचदिने अनुष्ठानको उद्घाटन गरेका थिए भने जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचन गरिएको थियो । मन्दिर व्यवस्थापन समितिले धार्मिक आस्था मजबुत बनाउँदै धार्मिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष्य लिएको जनाएको छ ।
समितिले प्रथम वार्षिकोत्सवमा सम्पूर्ण श्रद्धालु भक्तजन, दाता, शुभेच्छुक तथा सर्वसाधारणलाई सहभागी भई कार्यक्रमको शोभा बढाउन आग्रह गरेको छ ।








