झापा, चैत २१ । झापाको कन्काई–०९ स्थित श्री आदर्श विद्यामन्दिर मावि को घैलाडुब्बा खेलमैदानमा जारी “दोस्रो अन्तरपालिका सन्थाल फुटबल प्रतियोगिता २०८२” को दोस्रो दिनका खेल आज सम्पन्न भएका छन्।

प्रतियोगिता मार्शाल ११ सन्थाल फुटबल क्लब, कनकाई–०९ र कनकाई नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा भइरहेको छ।

आजको पहिलो खेलमा अर्जुनधारा नगरपालिकाले कचनकवल गाउँपालिकामाथि ३–० गोलको स्पष्ट जित दर्ता गर्यो। खेलभर आक्रामक खेल प्रदर्शन गरेका अर्जुनधाराका खेलाडी ‘मिसन हाँस्दा’ उत्कृष्ट खेल प्रदर्शनका लागि म्यान अफ द म्याच घोषित भए।

त्यस्तै, दोस्रो खेलमा मेचीनगर नगरपालिकाले हल्दीबारी गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत कायम गर्यो। मेचीनगरका खेलाडी ‘संंजय हेमरम’ म्यान अफ द म्याच घोषित भए।

प्रतियोगितामा झापाका ११ स्थानीय तहका टोलीहरू सहभागिता जनाएको आयोजकले जनाएको छ।

भोलीको पहिलो खेल शिवसताक्षी न. पा. र बिर्तामोड न. पा. विच हुनेछ, भने दोस्रो खेल कमल गा. पा. र भद्रपुर न. पा. बिच हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार