दमक (झापा): पक्की घरको सिँढीबाट लड्दा एक युवकको मृत्यु भएको छ। झापाको बाह्रदशी गाउँपालिका घर भई कमल गाउँपालिका–७ स्थित ठुलो बाह्रघरे पशुपति टोलमा रहेको मामा राजकुमार ताजपुरियाको घरमा डेढ वर्षदेखि बस्दै आएका २५ वर्षीय युस राजवंशीको सिँढीबाट लडेर मृत्यु भएको हो।
प्रहरीका अनुसार मिति २०८२ साल १० गते २७ गते अपराह्न करिब ४:३० बजेको समयमा एकतले पक्की घरको सिँढीबाट लडेर घाइते भएका राजवंशीलाई उनका मामाले उपचारका लागि निम्स अस्पताल दमक ल्याएका थिए। अस्पतालमा चिकित्सकले जाँच गर्दा अपराह्न ५:४० बजे उनलाई मृत घोषणा गरिएको थियो।
मृतकको शव दमक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा SOCO सहितको टोली खटिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







