बिर्तामोड (झापा) । झापाको बिर्तामोडमा घरको तीन तलाबाट खसेर एक बालिकाको मृत्यु भएको छ । शनिबार बिहान बिर्तामोड नगरपालिका–५ स्थित मन्जु उप्रेतीको घरको झ्यालबाट खस्दा ५ वर्षीया मानस्वी आचार्यको ज्यान गएको हो ।

​झापाकै दमक नगरपालिका–४ निवासी मनोज आचार्यकी छोरी मानस्वी बिर्तामोडस्थित आफ्ना आफन्त हेमसागर भट्टराईको डेरामा पाहुना आएकी थिइन् । बिहान साढे ८ बजेतिर कोठामा खेल्ने क्रममा उनी अचानक झ्यालबाट भुइँमा खसेकी थिइन् ।

​गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा बिहान १०:५५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।

​इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मृतक बालिकाको शव हाल सोही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार