बिर्तामोड । बिर्तामोड राउण्ड टेबलको आठौँ वार्षिक साधारण सभा दार्जिलिङस्थित इष्टाना रिसोर्टमा सम्पन्न भएको छ। अधिकांश सदस्यहरू आफ्ना परिवारसहित सहभागी भएको कार्यक्रममा शिक्षा, वातावरण र रक्तदानजस्ता सामुदायिक सेवामा सक्रिय टेबलले नयाँ नेतृत्व चयन गरेको हो।

गत कार्यकालमा अध्यक्ष मनोज गोयल, उपाध्यक्ष बिकाश अग्रवाल, सचिव दीपक मित्तल र कोषाध्यक्ष रमन गोयलको सफल नेतृत्वको प्रशंसा गरिएको थियो। यस वर्षका लागि अध्यक्षमा बिकाश अग्रवाल, उपाध्यक्षमा रमन गोयल, सचिवमा साहिल अग्रवाल र कोषाध्यक्षमा सुमित पेरिवाल निर्वाचित भएका छन्।
बिर्तामोड राउण्ड टेबल, राउण्ड टेबल नेपाल अन्तर्गतको सक्रिय टेबल हो। यो राउण्ड टेबल इन्टरनेशनलको सदस्य संस्था हो, जुन विश्वका ६० भन्दा बढी देशमा फैलिएको गैर–राजनीतिक र गैर–धार्मिक युवा पेशेवरहरूको संगठन हो। यसको उद्देश्य मित्रता, सेवा र नेतृत्व विकास प्रवर्द्धन गर्नु रहेको सञ्चारकर्मी एवं व्यवसायी सन्तोष अग्रवालले बताउनुभयो।















