अभिषेक खतिवडा/हल्दीबारी । हल्दीबारी गाउँपालिकाका ६२१ विद्यार्थीले भोलिदेखी संचालन हुन लागेको शैक्षिकसत्र २०८२ को SEE परिक्षामा सहभागी हुन लागेका छ्न ।

हल्दीवारीमा रहेका ६ वटा सामुदायिक तथा ६ वटा संस्थागत विद्यालयका ६२१ विद्यार्थीले नियमित र ग्रेड वृद्धितर्फ SEE दिन लागेको शिक्षा बिकास तथा समन्वय इकाइ झापाले जनाएको छ ।

सामुदायिक विद्यालयका ४३६ विद्यार्थी र संस्थागत विद्यालयका १८५ विद्यार्थी परिक्षामा सहभागी हुनेछ्न । हल्दिवारी मावि परिक्षा केन्द्रमा जनजागृती मावीका नियमित तर्फ छात्रा ४०, छात्र ५९ गरेर ९९ र ग्रेड वृद्धितर्फ छात्रा ९, छात्र ८ गरेर जम्मा ११६ ,महेन्द्र माविका नियमिततर्फ छात्रा १९ र छात्र १३ र ग्रेड वृद्धितर्फ छात्रा ७ र छात्र ३ गरेर जम्मा ४२ विद्यार्थी , चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालय हल्दिबारी ३ का नियमित तर्फ छात्रा २७ र छात्र २७ र ग्रेड वृद्धितर्फ छात्रा १ गरेर ५५ विद्यार्थी , सिग्मा अङ्ग्रेजी स्कुलका ८ छात्रा र २० छात्र नियमित तर्फ र ग्रेडवृद्धि तर्फ २ छात्र गरेर ३० विद्यार्थी , पन्चायत माविका ११छात्रा र १० छात्र र ग्रेड वृद्धितर्फ छात्रा २ र छात्र २ गरेर २५ विद्यार्थी , लक्ष्मी माविका २६ छात्रा र १९ छात्र नियमिततर्फ र ग्रेड वृद्धितर्फ ३ छात्रा र ८ छात्र गरेर ५६ जना विद्यार्थीले परिक्षा दिन लागेका हुन । हल्दीबारी माध्यमिक विद्यालय परिक्षा केन्द्रमा नियमिततर्फ जम्मा छात्रा १३१ छात्र १४८ र ग्रेड वृद्धितर्फ छात्रा २२ र छात्र २३ गरेर जम्मा ३२४ जनाले परीक्षा दिने आटेका छन्

त्यसैगरी सरस्वती माविका नियमिततर्फ छात्रा ९ र छात्र १० र ग्रेड वृद्धितर्फ छात्रा ४ र छात्र ८ गरेर जम्मा ३१ जना विद्यार्थीले जनजागृति माध्यमिक विद्यालय परिक्षा केन्द्रमा परिक्षा दिने छ्न । सही परीक्षा केन्द्रमा हल्दीबारी १ को समस्कारा शिक्षा सदन बाट निमिततर्फ छात्रा ८ र छात्र ७ गरेर जम्मा १५ जना र चिल्ड्रेन गार्डेन्स एकेडेमी हल्दीबारी १ बाट छात्रा ११ , छात्र १४ नियमित तर्फ गरेर जम्मा २५ जना गरेर जम्मा ७१ जना विद्यार्थीले जनजागृती मावी परीक्षा केन्द्रमा परीक्षा लेख्ने छन ।

त्यस्तै हल्दीबारी माध्यमिक विद्यालय हल्दीबारी २ का साधारण धारतर्फका विद्यार्थीहरू महेन्द्र ज्योति माध्यमिक विद्यालय परीक्षा केन्द्रमा नियमित तर्फ छात्रा ६३ छात्र ३३ र ग्रेड वृद्धितर्फ छात्रा २४ र छात्र १२ गरेर जम्मा १३२ जना क्यानेरी एकेडेमीका नियमिततर्फ छात्रा १७ र छात्र २२ गरेर जम्मा ३९ जना साथै गोलावधाप सनसाइन बोर्डिङ स्कुलका नियमिततर्फ छात्रा ५ र छात्र १६ गरेर जम्मा २१ जना विद्यार्थीले सोही स्थानमा परिक्षा लेख्ने छन।

साथै हल्दीबारी माध्यमिक विद्यालयका प्राविधिक धारतर्फका नियमित छात्रातर्फ १६ र छात्रतर्फ १४ र ग्रेड वृद्धितर्फ छात्रा ३ र छात्र १ गरेर जम्मा ३४ जना विद्यार्थीले देवी माध्यमिक विद्यालय बिर्तामोड ५ परिक्षा केन्द्रमा परीक्षा दिनेछन्।

त्यस्तै हल्दीबारी गाउँपालिका वडा नम्बर १ मा जनजागृति माध्यमिक विद्यालयमा पशुपति माध्यमिक विद्यालय नमुना अङ्ग्रेजी मावि बाह्रदर्शी का विद्यार्थीले पनि परीक्षा लेख्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार