हल्दीबारी गाउँपालिकाले कक्षा ८ को रिजल्ट प्रकाशित गरेको छ। पालिकाले गाउँपालिकाभित्र रहेका २० वटा विद्यालयका विद्यार्थीहरू सहभागी भएको परीक्षाको नतिजा सार्वजनिक गर्ने हल्दीबारी गाउँपालिका झापा जिल्ला भरि नै पहिलो बनेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले बताउनुभयो ।

देशैभरिका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूको परीक्षा पालिकाले नै लिन सुरु गरेपछि हल्दीबारी गाउँपालिका भित्रका २० विद्यालयका ५६९ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए।

शिक्षा शाखा प्रमुख जनक कुमारी राईले हल्दीबारी डट कमलाई दिएको जानकारी अनुसार ५६० जना विद्यार्थी उत्तीर्ण भएका छन् भने ९ जना विद्यार्थीले ग्रेड वृद्धि दिन सक्नेछन्। यस वर्षको रिजल्ट हेर्दा ९८. ४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्।

यही चैत ५ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको परीक्षा को रिजल्टको लागि पालिकाभित्रै बसेर कपी काट्ने काम गरिएको र झापामै सबैभन्दा पहिले रिजल्ट प्रकाशन गर्न हल्दीबारी गाउँपालिका सफल भएको हो ।

हल्दीबारी गाउँपालिकाले नेपालमै पहिलो पल्ट कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क रुपमा अध्ययन गर्ने अवसर प्रदान गरिरहेको अवस्थामा समयमै रिजल्ट प्रकाशित हुनु पनि खुसीको कुरो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
1
+1
2
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार