खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

सागको नवौं दिन आज विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदै

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को नवौं दिन आज सोमबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

Advertisement

आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।

Advertisement
महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुँदैछ । महिला फुटबलको उपाधिका लागि नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पोखरा रंगशालामा खेल्दैछ ।
नेपाल अघिल्लो संस्करणमा भारतसँग पराजित भएर रजत पदकमा चित्त बुझाएको थियो । यसपटक नेपाली टोली भारतसँग बदला लिने दाउमा छ । यद्यपी लिग चरणमा नेपाल भारतसँग १–० गोलले पराजित भएको थियो ।

नेपाल पुरुष फुटबलको भने फाइनलमा पुगेको छ । फाइनल खेल समापन समारोह अघि मंगलबार दशरथ ंगशालामा हुनेछ । फाइनलमा नेपाल र भुटान भिड्नेछन् ।

साग क्रिकेटको  अन्तर्गत पुरुषतर्फको फाइनल खेल पनि सोमबार हुँदैछ । स्वर्णका लागि श्रीलंका र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् ।

सागको आठौं दिनसम्म नेपाल ४५ स्वर्ण जितेर पदक तालिकाको दोस्रो स्थानमा छ । एक सय ४५ स्वर्ण जितेको भारत शीर्ष स्थानमा छ । 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article