हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

गृह मन्त्रालयले माग्यो ६ सय कर्मचारी ,झापामा १६४ जना,

गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले विभिन्न ६ जिल्लामा दर्ता अपरेटरको माग गरेको छ। सबै नपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यका लागि विभिन्न जिल्लाका लागि करारमा दर्ता अपरेट माग गरेको हो।

Advertisement

राष्ट्रिय परिचय पत्र वितरणको प्रयोजनका लागि झापामा १६४ जना, ललितपुरमा ११७ जना, कञ्चनपुरमा ९१ जनाको दरखास्त माग गरिएको छ।

Advertisement

यसैगरी संखुवासभामा ४०, गुल्मीमा ७१ र चितवनमा ११७ जनाको माग गरिएको छ।आवेदन सम्बन्धित जिल्लामा १० रूपैयाँको टिकट टाँसेर निशुल्क दरखास्त दिन सकिने विभागले जनाएको छ। यसरी नियुक्त हुने अपरेटरले दैनिक १२ सयका दरले तलब पाउनेछन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)