विजनेश
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

जनार्दन शर्माकी छोरीको हाइप्रोफाइल विवाह,कार्यकर्ताहरूलाई निशेध

काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले आफ्नी छोरी कविता शर्माको विवाह ललितपुरको एउटा सुविधासम्पन्न ब्याङ्केटमा गरिदिएका छन्।

Advertisement

माओवादी पृष्ठभूमि भएका नेता शर्माले शनिबार ललितपुरका सानेपा ९झम्सीखेल०स्थित हेरिटेज ब्याङ्केटमा छोरी कविता शर्माको विवाह गरिदिएका हुन्। विवाहमा नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कम्युनिस्ट सरकारका मन्त्री, उच्च कर्मचारी, सुरक्षा निकायका प्रमुख, व्यापारी, परिवारका सीमित व्यक्तिलगायतलाई मात्रै बोलाइएको थियो।

Advertisement

शर्माले आफ्नी छोरीको विवाह चितवन घर भएका आलोकप्रताप राणासँग विवाह गरिदिएका हुन्। विवाहमा शर्माले आफ्नी छोरी कवितालाई सुनका गहनाले ढपक्कै छोपिदिएका थिए।

विवाहमा तत्कालीन माओवादीका साधारण कार्यकर्ताहरूलाई विवाहको पार्टीमा प्रवेश रोक लगाइएको थियो। विवाहमा हाइप्रोफाइल व्यक्तिहरूलाई मात्रै निम्तो दिइएको थियो। विवाह भोजमा महँगा र मिष्ठान परिकारहरू राखिएका थिए। थरिथरीका मासुदेखि अन्य थुप्रै खानेकुराहरू रहेको विवाहमा सहभागी एक जनाले बताए।

हेरिटेज ब्याङ्केटमा यसअघि नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले आफ्नो छोराको विवाह गरिदिएका थिए । यो ब्याङ्केटमा हाइप्रोफाइल व्यक्तिहरूले विवाह, वर्तबन्धन लगायतका कार्यक्रम राख्ने गर्छन्।

नेकपाका नेता शर्माले एकजना को खानाको पैसा झण्डै दुई हजारका दरले तिरेको स्रोतले जनाएको छ। ललितपुरको महँगो कलेज क्यारेबियनमा कविता र आलोकले सँगै पढेका हुन्। कलेज पढ्ने क्रममा उनीहरूका बीच प्रेम भएको थियो।

आलोक सातदोबाटोस्थित एउटा निजी कलेजमा एमबीए पढेका छन्। आलोक अमेरिकाको टेक्सासमा पढ्न गए। नेकपाका नेता शर्माकी छोरी कविता पनि उतै लागिन्।

गरिव जनताको मुक्तिका लागि भन्दै बन्दुक बोकेर माओवादीको डेपुटी कमाण्डर नै बनेका नेता शर्माले आफ्नी छोरीको पढाइ र विवाहमा यति धेरै खर्च गरेको देख्दा अन्य पाहुनाहरूले ‘कम्युनिस्टहरूको नाटक’ भनेर टिप्पणी गरेका थिए।

नेता शर्मा डेपुटी कमाण्डर भएका बेला उनकै मातहतमा सुरक्षाकर्मीसँग भिडन्त गरेका सल्यान जिल्ला घर भएका एकजना पूर्व लडाकुले भने, ‘हामी साधारण , निम्तो दिइएन। हाइप्रोफाइल व्यक्तिहरूलाई जनार्दन शर्माले छोरीको विवाह खान बोलाउनुभयो। १७ हजार जनताको ज्यान जाने गरेर गरिएको कथित जनयुद्ध बेकार रहेछ।’ रिपब्लिका दैनिकले यसाचार प्रकाशित गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article