विजनेश
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

सुनको मुल्य घट्यो

काठमाडौं । केही दिनयता सुनको मूल्यमा उतारचढाव आएको छ । विवाहको मौसम मंसिर महिना आउँदै गरेकाले पनि होला, सुनचाँदीको मूल्य बढ्दा ह्वात्तै बढ्ने, घट्दा थोरै घट्ने भइरहेको छ ।

Advertisement

शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन २ सय र चाँदी ५ रुपैयाँले घटेको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन शुक्रबार २ सयले घटेर ७१ हजार ८ सय तोलामा कारोबार भइरहेको जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article