खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोर नियुक्त गरिएको छ। विहीबार नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

Advertisement

श्रीलंकालाई सन् १९९६ मा प्रशिक्षकको रुपमा विश्वकप क्रिकेटको उपाधि जिताएका वाटमोर अहिले सिंगापुर क्रिकेटको मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए । त्यहाँबाट उनी नेपाल आउने भएका हुन्। क्यानले वाटमोरको नियुक्ति कति समय भन्ने भने खुलाएको छैन्।

Advertisement

यस्तै क्यानले जनरल म्यानेजरमा रौनक मल्ललाई नियुक्त गरेको छ । रमेशकुमार न्यौपानेलाई चिफ फाइनान्स अफिसरमा नियुक्त भएका छन् भने राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article