समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

प्रेस काउन्सिलका अध्यक्ष कार्यकक्षमा पत्रकारले लगाए तालाबन्दी

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा पत्रकाहरुले ताला लगाएका छन् । पत्र पत्रिका वर्गीकरण गर्दा विभेद गरेको भन्दै आन्दोलनमा उत्रिएका पत्रकारहरुले काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठको कार्यकक्षमा शुक्रबार तालाबन्दी गरेका हुन् ।

Advertisement

पत्रकार दीपक पाण्डेको अध्यक्षतामा केन्द्रीय संघर्ष समिति गठन गरि चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले काउन्सिलका पदाधिकारीहरुले कसैलाई काखा र कसैलाई पखा गर्ने नीति हटाएर आफुहरुले गरेको गल्ति नसुधारेसम्म तालाबन्दी जारी रहने चेतावनी दिएका छन् ।

Advertisement

काउन्सिलमा धर्ना दिएका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, नेपाल पत्रकार महासंघ उपत्यका समिति, पत्रकार महासंघ काठमाडौं, भक्तपुर, ललितपुर, झापा, उदयपुर, पर्सा लगायत देशभरका अधिकांश पत्रकार महासंघका शाखाहरुले ऐक्यबद्धता जनाएका छन् ।

आन्दोलनबारे जानकारी दिन जारी गरिएको विज्ञप्ति :

मितिः २०७६/०८/२७

प्रेस विज्ञप्ति

प्रेस काउन्सिल नेपाल शुद्धिकरण र पत्रपत्रिका वर्गाीकरण खारेजीको माग गर्दै संघर्ष समितिको आह्वानमा आज एक घन्टाको धर्ना तथा कोण सभा सम्पन्न भएको छ ।

धर्नामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, महासंघका पूर्व केन्द्रीय सदस्य इश्वरी वाग्ले, रामहरी सिलवाल, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव सिर्जन झा, प्रेस संगठनका उपत्यका सदस्य तारा नेपाल, प्रेस युनियनका उपत्यका सल्लाहकार पदमराज जोशी, क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय सचिव रमेश महतरा, प्रेस सेन्टर नेपाल ३ नं संयोजक कुमार वाङदेल, वरिष्ठ पत्रकारहरु विष्णुकुमार प्रसाई, विजय विस्फोट, एलएस लामा, पिपुल्स भोलियन्टर्स जर्ना्लिस्ट फोरमका संयोजक नवराज न्यौपाने, पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शन्तराम बिडारी, ललितपुर अध्यक्ष ज्ञानप्रसाद पौडेल, भक्तपुर अध्यक्ष पुष्कर बुढाथोकी, झापा अध्यक्ष तारामणि सापकोटा, महासंघका केन्द्रीय सदस्य माधव चौलागाँइ, केन्द्रीय लेखा आयोग सदस्य भुपेन्द्र आचार्य, वरिष्ठ पत्रकार चक्रपाण्ी नेपाल लगायतले ऐक्यवद्धता जनाउनु भएको थियो ।

शान्तिपूर्ण धर्ना कार्यक्रममा प्रहरी परिचालन गरिएकोमा कडा आपत्ति प्रकट गर्दछौं । र, कार्यक्रम समापन पछि काउन्सिलको मूल ढोकामा टाँगिएके व्यानर प्रहरीले जफत गरोकेमा निन्दा र भत्सर्ना गर्दछौं ।संयोजक दिपक पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा २४ घण्टे अल्टिमेटम सहित तालाबन्दी गरिएको छ । आइतबार सम्म समस्या समाधानमा पहल नगरिए थप कडा र शशक्त आन्दोलनको कार्यक्रम घोषणा गरिने छ । कार्यवाहक अध्यक्षको कार्यकक्षमा लगाइएको ताल्चाको साँचो सञ्चारमन्त्रीलाई बुझाउने कार्यक्रम छ ।

दीपक पाण्डे
संयोजक

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article