समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

जलथलमा भेटियो  ४० किलोको अजिङ्गर 

 

Advertisement
झापाको हल्दिबारी गाउँपालिका साविक जलथल गा बि स को जलथल खानेपानी कार्यलय छेउमा श्री मदन मैनालीको खेतबारी मा धान काट्ने क्रममा अन्दाजी ३०-४० केजिको उन्नत जातको जंगली अजिङ्गर फेल परेको छ ।
करिब १२ फिट लम्बाई र २४ इन्च गोलाइ रहेको जंगली अजिङ्गर दिउँसो ४ बजे तिर खेतबारी मा देखापरेको थियो। जलथल प्रहरी चौकी इन्चार्ज असइ भरत कोइराला को नेतृत्वमा गएको टोलि ले सो जंगली अजिङ्गरलाई नियन्त्रण मा लिएको थियो।
नियन्त्रणमा लिए पछी प्रहरी हवल्दार धर्मेन्द्र पण्डित ,प्रहरी ज्वान महेश थापा तथा सामाजिक अभियान्ता अबिशेक  खतिवडा(अबि )ले भेटेको स्थान बाट बन सम्म बोरामा बोकेर लगेका थिए।
करिब ५ बजेको समय मा असइ कोइराला , फोरेस्ट एक्सन कि पब्लिक मोबिलाइजर जलथल शाखा देबिका शिवाकोटी ,रातमाटे सामुदायिक बन उपभोक्ता समूह हल्दिबारी ३ का पदाधिकारी तथा हल्दिबारीका सामाजिक अभियान्ता अबिशेक खतिवडा “अबि”, स्थानीय दिल्ली मैनाली हरुको पलमा जिल्ला बन कार्यलय झापा ,पाथीभरा कालिका बन तथा अन्य सम्बन्धित निकायमा सम्पर्क गरि जलथल जङ्गल (पाथीभरा कालिका बन) मा जंगली अजिङ्गरलाई छोडिएको थियो।
जंगली जिबजन्तु तथा बन्यजन्तु संरक्षण गर्नु बर्तमान समयमा निकै आवस्यक तथा चुनौतीको विषय बन्दै गएको छ , बदढाे मानवीय बसोबास तथा बिविध कारण ले जंगली जिबजन्तु तथा बन्यजन्तु मा ठुलो असर पुराउदै आएको छ ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article