खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गौरिका र मन्देकाजी वर्षको उत्कृष्ट खेलाडी

हल्दिबारी खेल न्यूज डेक्स- चन्द्रगढी।नेपालमा जलपरीको नामले चिनिने पौडी खेलकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’मा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्। गौरिका र मन्देकाजीले २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा मनोनयनमा परेका प्रतिस्पर्धालाई पछि पारेका छ।

Advertisement

मन्देकाजीले सुवास तामाङ (गल्फ), कमल श्रेष्ठ (तेक्वान्दो), गोपीचन्द्र पार्की (एथलेटिक्स) र विकेश कुथु (फुटबल) लाई पछि पारेर अवार्ड जितेका हुन्। सबै खेलाडीले गत वर्ष नेपालमा भएको १३औं सागमा स्वर्ण जितेका थिए। मन्देले सागमा (टिम काता र एकल) गरी दुई स्वर्ण जितेका थिए। यस्तै उनले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक (एकल काता) र रजत (टिम काता) तथा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा कांस्य पदक (एकल काता) र स्वर्ण पदक (टिम काता) हात पारेका थिए।

Advertisement

गौरिकाले अनु अधिकारी (कराते), आयशा शाक्य (तेक्वान्दो), सन्तोषी श्रेष्ठ (एथलेटिक्स) र सोनी गुरुङ (ट्रायथलन) लाई पछि पारिन्। सबैले सागमा स्वर्ण जितेका थिए। गौरिकाले १३औं सागमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक गरी नौ पदक जितेकी थिइन्। उनले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गरिकी थिइन्। यस्तै गौरिकाले आठौं राष्ट्रिय खेलकुदमा सहभागी सबै स्पर्धा अर्थात् १२ स्वर्ण जित्न सफल भएकी थिइन्।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article