समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

यातायात मन्त्रालय जनताको जीवनबारे गम्भीर छैनः महासचिव सरोज सिटौला

काठमाडौँ। नेपाल राष्ट्रिय यातायात व्यावसायी महासंघका महासचिव सरोज सिटौलाले काठमाडौ करिडोरको काम सुस्त भएको भन्दै चर्को बिरोध गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव सिटौलाले चक्रपथ निर्माणको काम निक्कै नै सुस्त रहेको र दुर्घटा बढेको दाबी गरे।

Advertisement

उनले भने, ‘हामीले बारम्बार बाटो निर्माणका बारेमा सरकारलाई ध्यानाकर्षण गर्यौं। सरकार जनताको जीवनमाथि गम्भीर छैन। यातायात मन्त्रालय त झनै जिम्मेवार छैन। मन्त्रालयभित्र यति गन्जागोल छ कि भनेर साध्य नै छैन। जनताको जीवनमाथि यसरी खेलवाड गर्न मिल्दैन। काठमाडौँको मात्रै कुरा होइन। बाहिर पनि उस्तै हालत छ। दिनानुदिन दुर्घटनामा परी दर्जनौं मानिसहरूको अकालमा ज्यान गइरहेको छ।

Advertisement

अस्तिमात्रै सिन्धुपाल्चोकमा त्यत्रो दुघर्टना भयो। दुर्घटनापछि प्रधानमन्त्रीले जुन पहल गर्नु भएको छ। यो पनि राम्रो पहलका रुपमा लिएको छु।’ सिटौलाले सवारी दुर्घटना न्युनिकरण गर्न र सचेतनाको मुख्यलक्ष्यका साथ सुरु गरिएको ‘ट्राफिक उज्यालो कार्यक्रमलाई सार्थक बनाउन आफ्नो भरपुर साथ सहयोग र समर्थन रहेको स्पष्ट पारे। उनले भने,‘हिजोका दिनमा पनि मेरो साथ सहयोग रहँदै आएको थियो।

यस कार्यक्रमलाई सफल पार्नको लागि पनि साथ सहयोग रहन्छ। महाशाखा प्रमुख भीम प्रसाद ढकालले जुन कार्यको थालनी गर्नु भएको छ, यो निक्कै स्वागत योग्य छ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article