समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीसहित चारजनालाई जन्मकैद

काठमाडौँ। भक्तपुर जिल्ला अदालतले प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीसहित चार जनालाई जन्मकैदको फैसला गरेको छ। गत असार १५ मा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीस्थित छोरी ज्वाइँको घरमा बस्दै आएकी ६० वर्षीया सावित्रा भट्टराईको हत्यामा संलग्न सावित्राकी छोरी ईश्वरी भट्टराईसहित चारजनालाई जिल्ला न्यायाधीश प्रकाश उप्रेतीको इजलासले बिहीबार जन्मकदैको फैसला सुनाएको हो।

Advertisement

जन्मकैदको सजाय पाउनेमा ईश्वरीसँगै सिराहाका मोहम्मद नौशाद, भारतीय नागरिक अर्जुनकुमार भनिने भोलाकुमार र मोहमद रइस रहेको अदालतका श्रेस्तेदार घनेन्द्र अधिकारीले जानकारी दिए। ईश्वरी र सिराहाका नौशादसँग विवाहेत्तर सम्बन्धमा थिए।

Advertisement

ईश्वरीले श्रीमान नभएको मौका पारेर नौशादलाई घरमै ल्याउने र घण्टौं बन्द कोठामा समय बिताउने गरेका थिए। छोरीको सो सम्बन्धमा मन नपराएका सावित्राले घर नबिगार्न र नौशादको साथ छोड्न दबाब दिँदै आएकी थिइन्। ईश्वरीले आफ्नो प्रेम सम्बन्धको बाधक बनेको भन्दै आमा सावित्रालाई बाटोबाट हटाउन प्रेमी नौशादलाई दबाब दिन थालिन्।

प्रेमीकाको दबाब थेग्न नसकेपछि नौशादले भारतीय कन्ट्याक्ट किलर बोलाएर सावित्राको घाँटी रेटी हत्या गरेका थिए। प्रहरी अनुसन्धानको क्रममा सावित्राको हत्या गर्न ईश्वरी र नौशादले भारतीय कन्ट्याक्ट किलर भोलाकुमारलाई १२ लाखको सुपारी दिएको खुल्न आएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article