विजनेश
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

कर्णाली साकोसमा सर्वसम्मत नयाँ नेतृत्व

बिर्तामोड । लघुवित्तीय कारोबारसहित सहकारी अभियानमा झापाको अग्रणी संस्था कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सर्वसम्मत नयाँ नेतृत्व पाएको छ ।आगामी चार वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको सञ्चालक समितिको अध्यक्ष, उपाध्यक्ष , सचिव र कोषाध्यक्षमा क्रमश टसबहादुर प्रधान, ईश्वरीप्रसाद खरेल , भूपाल बस्नेत र एकराज विष्टले जिम्मेवारी पाएका छन् ।

Advertisement

समितिको सदस्यमा गणेश पराजुली, गुञ्जन थापा, कुमारी भट्टराई, जानुका न्यौपाने र निर्मला लुईटेल सर्वसम्मत
निर्वाचित भएका निर्वाचन समितिका प्रमुख डिल्ली दाहालले जानकारी दिए ।

Advertisement

संस्थाको वार्षिक साधारणसभा यही पुष १३ गते हुँदैछ । सो साधारण सभाबाट नयाँ नेतृत्वले सपथग्रहण गर्ने कार्यतालिका बनाइएको जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article