खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले तोडिन आफ्नै राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी छन् ।उनले २०१९ मा बनाएको आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी हुन्। उनले बुधबार १०० मिटर फ्रि स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइकलो पहिलो हिटमा गौरिकाले निर्धारित दूरी १ः ००ः ११ मा पूरा गरिन्।

Advertisement

हिट १ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्। उनी पहिलो हिटमा तेस्रो स्थान रहेकी छन्। १८ वर्षीया गौरिकाको गृष्मकालीन ओलम्पिकमा दोस्रो सहभागिता हो यो ।

Advertisement

यसअघि उनले रियो ओलम्पिक २०१६ मा प्रतिस्पर्धा गरेकी थिइन् । उनले ब्राजिली भूमिमा ५ वर्षअघि ११ हजार बढी खेलाडीमध्ये सबभन्दा कम उमेरकी खेलाडी भएर विश्वमै चर्चा पाएकी थिइन् । त्यस बेला १३ वर्ष २५५ दिनको छंदा प्रतिस्पर्धा गरेकी उनी आफ्नो हिट्समा पहिलो भएकी थिइन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article