राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

नेकपाको मेची,कोसी ब्युरो ईन्चार्ज उमा भुजेलसहित ९ जना पक्राउ

मोरङ। नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेलसहित ९ जनालाई प्रहरीले गिरफ्तार गरेको छ। मेची(कोसी ब्युरो ईन्चार्जसमेत रहेकी उमा भूजेल र मोरङ इन्चार्ज नरेश चौलागाइँ, ब्यूरो कार्यालय सचिव सुमन सिंहसहित ९ जनालाई प्रहरीले गिरफ्तार गरेको हो।

उनीहरुलाई सुनसरीको चकरघट्टीबाट शनिबार बिहान र मोरङको सोमबारेबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। क्षितिज पौडेल, नवराज नेपाल, दिपक आचार्य, जगतबहादुर पुलामी र गोविन्द कार्कीलाई पनि पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरु सबैलाई जिला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)