विजनेश
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

 २० गतेबाट ६० करोड बराबरको आइपिओ खुल्दै, कति कित्ता भर्ने ?

काठमाडौँ । पर्सि अर्थात् साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले प्राथमिक शेयर (आइपिओ ) जारी गर्ने भएको छ।

Advertisement

कम्पनीले कुल जारी पुँजी २ अर्बमध्ये ३० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । जसअनुसार कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यका ६० लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

Advertisement

जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीलाई र ५ प्रतिशतशेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी ५४ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

साउन २० गतेदेखि निष्कासन हुने यस कम्पनीको शेयरमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ।

लाईफ इन्स्योरेन्सको चुक्तापूँजी हाल रू। १ अर्ब ४० करोड रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू। २ अर्ब बराबरको चुक्तापूँजी कायम गर्नका लागि कम्पनीले आइपिओ जारी गर्न बोर्डसँग अनुमति माग गरेको थियो। बोर्डले सानिमा लाईफ इन्स्योरेन्सलाई रू।

६० करोड बराबरको ६० लाख कित्ता आइपिओ जारी गर्ने अनुमति दिएको छ। कम्पनीको आइपिओ बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article