समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारीले कुशल प्रशासक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत घिमिरेको विधाई गर्‍यो

हल्दिवारी, १३ पौष । हल्दिवारी गाउँपालिका प्रशासकीय अधिकृत सन्तोष घिमिरेलाई आज एक कार्यक्रम बिच विधाई गरिएको छ ।विधाई कार्यक्रममा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन ,वडा १ अध्यक्ष त्रिलोचन सापकोटा ,गाउँपालिका प्रवक्ता शागर पोर्तेलले शुभकामना मन्तव्य राख्नु भएको थियो भने प्रमुख प्रशाकिय अधिकृत सन्तोष घिमिरेले समेत आफ्नो बिचार राख्नु भएको थियोे ।

Advertisement

आफ्नो मन्तव्य राख्ने क्रममा घिमिरेले आफू हल्दिवारीको स्थानीय आदिवासीकै रूपमा काम गरेको भन्दै विकास निर्माणको प्रगति केही समयमा देखिने हुदा अब आउने प्रमुख प्रसासकिय अधिकृतलाई समेत सहयोग गर्न सबैमा अनुरोध गरेका छ्न ।हल्दिवारी गाउँपालिका नेपालकै नमूना गाउँपालुका बन्नु मा घिमिरेको महत्त्वपूर्ण योगदान रहेको गाउँपालिका अध्यक्ष लिङ्गदेनको उदघोस रहेको थियोे ।

Advertisement

विधाई कार्यक्रममा जनप्रतिनिधिहरु ,स्थानीय सघ सस्थाका प्रतिनिधि लगायतले फुलमाला र अभिरले सम्मान गरेका थिए ।सयौंको उपस्थित रहेको विधाई कार्यक्रमले घिमिरेले हल्दिवारीलाई पुर्याएको योगदानको महत्त्व प्रष्ट हुन्थ्यो ।
उक्त कार्यक्रमको सहजीकरण गाउँपालिका अधिकृत राजन न्यौपानेले गर्नु भएको थियोे ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article