समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

काङ्ग्रेसले झापाका राजेन्द्र घिमिरे सहित १६ राष्ट्रियसभाका उम्मेदवार छान्यो

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय सभाका लागि १६ उम्मेदवारको नाम टुङ्गो लगाएको छ। शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

Advertisement

काँग्रेसका राष्ट्रियसभा उम्मेदवार निर्वाचित हुने सम्भावना कम छ । तर, काँग्रेसले आफ्नो राजनीतिक हैसियत र उपस्थितिका लागि उम्मेवारी दिएको देखिन्छ । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष(उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् । यो निर्वाचनमा पहिलो हुने निर्वाचित हुने अर्थात् धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाटै उम्मेदवारको चयन हुनेछ ।

Advertisement

आगामी माघ ९ मा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबार हुने मनोनयन दर्ताका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको हो।

स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभामा ५९ सदस्य छन् । जसमा सत्तारुढ नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनितको कार्यकाल समाप्त हुँदैछ ।

राष्ट्रियसभा उम्मेदवारहरु

प्रदेश १ मा

निरबहादुर विश्वकर्मा
मिना पुलामी मगर
राजेन्द्र घिमिरे झापा

प्रदेश २ मा

नगिना यादव
भोला पन्जियार

प्रदेश ३

हरिशरण श्रेष्ठ
छलीकुमारी शर्मा उपाध्याय

गण्डकी प्रदेशमा

सूर्यप्रसाद रेग्मी
विमला गौचन

प्रदेश ५ मा

बालकृष्ण पाण्डे
गिरिजा न्यौपाने
मेराज हलवाई

क‍र्णाली प्रदेश

डिल्लीराम पाठक
सावित्री पौडेल

सुदूरपश्चिम प्रदेशमा

प्रताप ठगुन्ना
तुलसी देवकोटा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article