खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

 हल्दिवारी २ मा भोलि देखि वडाअध्यक्ष कप शुरु हुँदै

 हल्दिवारी गाउँपालिका वडा नम्बर २ को आयोजनामा २१ र २२ गते अन्तर प्रावि विद्यालय वडा कप प्रतियोगिता हुने भएको छ
हल्दिवारी २ का ५ सामुदायिक विद्यालयले भागलिने उक्त प्रतियोगितामा १७ खेल समाबेश हुने खेल आयोजक समितिका संयोजक हरिकृष्ण अधिकारीले जानकारी दिनु भएको छ । सरस्वती आधारभुत विद्यालयको प्राङ्गणमा २ दिनसम्म संचालन हुने खेलको भोलि प्रदेश सभा सदस्य पूर्णसिंह राजवन्सिले उदघाटन गर्ने कार्यक्रम रहेको बताईएको छ ।
खेल सम्पन्न गर्न हरिकृष्ण अधिकारीको संयोजकत्वमा ७ सदस्य अध्यक्ष कप खेल मुल आयोजक समिति पनि बनाईएको छ । अध्यक्ष कप खेल सम्पन्न गर्न १ लाख २५ हजार खर्च हुने समेत आयोजकले बताएका छ्न।

Chat Conversation End
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article