खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सरस्वती प्राविमा भव्यताका साथ शुरु ।

फोटो : नेत्र बिक्रम बिमली :  हल्दिवारी गाउँपालिका वडा नम्बर २ मा आयोजना गरिएको प्रथम वडा अध्यक्ष कप अन्तर प्रावी स्थानीय खेलकुद प्रतियोगिताको प्रदेश सभा सदस्य पूर्णसिंह राजवन्सिले उदघाटन गर्नु भएको छ ।

Advertisement

Advertisement

वडा अध्यक्ष कप प्रतियोगितामा वडा नम्बर २ का ५ सामुदायिक विद्यालयका विद्यार्थीहरुले १७ खेल बिधामा प्रतिस्पर्धा गर्दै छ्न । वडा अध्यक्ष कप खेल प्रतियोगिता मुल आयोजक समितिका संयोजक हरिकृष्ण अधिकारीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रमलाई प्रमुख अतिथी पूर्णसिंह राजवन्सी ,वडा अध्यक्ष राजेन्द्र योङहाङ ,हल्दिवारी खेलकुद बिकास समिति अध्यक्ष महेसलाल मेचे ,हल्दिवारी माविका प्र .अ टंक पाखृन लगायतले मन्तव्य राख्नु भएको थियोे ।

उक्त खेलकुद प्रतियोगितामा ५ वटै विद्यालयका विद्यार्थीहरुले मार्सपाच गरेका थिए भने सानासाना नानिहरुले स्वागत गित तथा नित्य प्रस्तुत गरेका थियो । कार्यक्रमको उदघाटन खेल विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा विद्यालयहरुका प्र. अ बिच डोरि तान्ने खेलको आयोजना गरिएको थियोे उक्त खेलमा व्यवस्थापन समिति बिजय भएको थियोे ।

भोलि सम्म संचालन हुने उक्त प्रतियोगितामा प्रथम ,दितिय र तृतीय हुने विद्यालयले नगद पुरस्कर सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छ्न । उदघाट्न कार्यक्रममा स्वागत मन्तव्य वडा नम्बर २ खेलकुद बिकास समिति संयोजक खगेन राजवन्सिले राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण आयोजक सरस्वती प्राविका शिक्षक वसन्त अधिकारीले गर्नु भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article