समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

वन उपभोक्ता समितिका अध्यक्ष १ लाख ६० हजार घुससहित समातिए

काठमाडौँ । कैलाली सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा १ लाख ६० हजार घुससहित पक्राउ परेका छन् ।

Advertisement

उक्त सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेको बिषयमा जेसिभी र टेक्टरलाई नियन्त्रणमा लिएको र त्यसलाई छाड्न सेवाग्राहीबाट घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

अख्तियारले समितिका कोषाध्यक्ष मोहनबहादुर सिंहलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरु दुबैलाई सिद्धनाथ सामुदायिक वन उपभोक्ता समुहको कार्यालयबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article