समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

भ्रमण बर्ष २०२० : पाथीभरा हल्दिवारी गाउँपालिका भित्र पुग्नैपर्ने ठाउँ

  फोटो : हेमन्त मैनाली – हल्दिवारी गाउँपालिका वडा नम्बर ४ मा रहेको पाथीभरा सिह्काली धार्मिक तथा पर्यटकीय क्षेत्र पर्यटनको एउटा गन्तव्यको रूपमा अगाडि बडेको छ । पाथीभरा कालिका सामुदायिक बनको हाताभित्र रहेको उत्तर बाहिनी नागेस्वरी गङाको तटमा अवस्थित देव देविका मन्दिरहरु र यहाँ आउने भक्तजनको उपस्थित नै एउटा उदाहरण बनेको छ ।

Advertisement

Advertisement

यहाँ रहेको पाथीभरा देविको मन्दिर ,बिस्णुपादुका ,शिव मन्दिर ,छैट देविको मन्दिर ,हनुमान जि को मन्दिर ,होम कुण्ड आकर्षकका रूपमा देख्न सकिने समितिका कोषाध्यक्ष भानु भण्डारी बताउनु हुन्छ । सालिदा १ लाख भन्दा बढी आन्तरिक पर्यटकहरू आउने यस ठाउँलाई बिकास गर्न गुरु योजना नै बनाएर पाथीभरा सिह्काली धार्मिक तथा पर्यटकीय समिति अगाडि बडेको समिति अध्यक्ष रेम खरेल बताउनु हुन्छ ।

यहाँका स्थानीय आदिवासी जनजातिहरुले ५० बर्ष अगाडि देखि पुजाआजा गर्दै आएको देवि बासस्थानलाई पाथीभरा माताको मन्दिर निर्माण गरि समिति कानुनी रूपमा नै २०६८ देखि अगाडि बडेको पाइन्छ । सामुदायिक बनसगको सहकार्यमा बन क्षेत्रकै ५ हेक्टर जमिनलाई सुविधा सम्पन्न र्भ्यु टावर ,चिल्ड्रेन तथा जेष्ठ नागरिक पार्क ,पोखरी ,बसपार्क ,चमेना गृह ,पिकनिक स्पोर्ट्स बनाउने काम सुरु गरि सकिएको खरेलले haldibari.com सगको कुराकानीमा बताउनु भएको हो ।

हल्दिवारी गाउँपालिकाले १५ लाख तथा परदेश सरकारबाट २६ लाख २० हजार सहयोग गरेको देखिन्छ भने सामुदायिक बनले समेत १५ लाख भन्दा बढी खर्च गरि सकेको पाइन्छ भने हाल सम्म त्यहा १ करोड भन्दा बढिको काम भइ सकेको छ। एसिया कै जैविक विविधता भएको जलथल जङ्गलको काखमा रहेको यस धार्मिक क्षेत्रलाई एउटा पर्यटनको केन्द्रको रूपमा बिकास गर्न सकियो भने बार्षिक करोडौं आम्दानी हुने कुरामा दुई मत छैन ।

( पाथीभरा मन्दिर परिसरमा बिगत २ बर्ष देखि बस्दै आउनु भएको सन्त माहाराज बाबा हरिचन्द्रले धार्मिक तथा दैविक सक्तिबाट विभिन्न रोगको उपचार गर्ने हुदा यहा उपचारको लागि नेपाल ,भारत तथा भुटान देखि समेत भक्तजनहरु आउने गरेको देख्न सकिन्छ भने उपचार बाट हजारौंले फाइदा लिएको बिकास समितिको भनाई छ )

हल्दिवारी गाउँपालिकालाई आन्तरिक तथा बाह्र पर्यटनको बिकास गरि अगाडि बढाउन यहाँका धार्मिक तथा पर्यटकीय ठाउँहरुको प्रचारप्रसार गरि अगाडि बढाउन नितान्त आवश्यक रहेको छ। यहाँका पर्यटकीय ठाउँलाई जनस्तर बाटै सहयोग र प्रचारप्रसार भए हल्दिवारी पुर्वकै पहिलो पर्यटकीय गन्तव्यको रूपमा अगाडि बड्ने थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article