समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बरुण साप्ताहिककी सम्पादक माया पकुवालको निधन

हल्दिवारी ,९ फाल्गुन । झापाको भद्रपुरबाट प्रकाशित हुँदै आएको बरुण साप्ताहिककी सम्पादक माया पकुवालको सोमबार विहान उपचारको क्रममा निध भएको छ ।

Advertisement

एक साता अघि रुघाखोकी र निमोनिया संक्रमणले सताएपछि उनलाई सुरुमा मेची अस्पताल र त्यसपछि ओमसाई पाथिभरा हस्पिटलमा भर्ना गरिएको थियो । केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण उपचार पश्चात पत्रकार पकुवाल घरमै बसेर पत्रकारितामा कार्यरत थिइन् ।

Advertisement

उनको ओमसाई हस्पिटलमा नियमित डाइलासिस भइरहेको थियो । आइसीयुमा राखेर उपचार भइरहेकै अवस्थामा सोमवार विहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article