समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाल पूर्व प्रहरी संगठन भद्रपुर नगर कार्यसमितिको साधारण सम्पन्न

देवेन्द्र आलोक/हल्दिबारी न्यूज ब्यूरो भद्रपुर फागुन २३ /नेपाल पूर्व प्रहरी संगठन भद्रपुर नगर कार्यसमितिको साधारण सभा एक कार्यक्रमका बीच सम्पन्न भयो। कावा अध्यक्ष ढाकाराम अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रमको संगठनका जिल्ला अध्यक्ष खेम कार्कीको प्रमुख आतिथ्यमा र प्रदेश न.१ का संरक्षक खड्गबहादुर खड्काको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा प्रदेश,जिल्ला,कचनकवल र,भद्रपुर नगरसमितिका पदाधिकारी तथा सदस्यहरु,अमर शहिद परिवार एकल महिलाको उपस्थितिमा आयोजित साधारण सभाको बन्द सत्र नगर सचिब केदार अधिकारीले संचालन गरिएको कार्यक्रमको र सुरभारम्भमा संस्थापक अध्यक्ष स्व.सरोज कुमार कार्कीको सम्झनामा मौनधारण गरिएको थियो। बन्द सत्रमा कावा अध्यक्ष ढाकाराम अधिकारीले बार्षिक आयव्यय र,कार्यक्रमको प्रस्ताव प्रस्तुत गरिएको र नगरसभालाई प्रदेश न.१का संरक्षक खडगबहादुर खड्का,प्रदेश सदस्य दीपेन्द्र घिमिरे,जिल्ला सल्लाहकार संयोजक धनप्रसाद शिवाकोटी,कचनकवल गाउँसमितिका अध्यक्ष देउमान बुढाथोकीले शुभकामना मन्तव्य व्यक्त गरेको बन्द सत्रको अध्यक्षता नगरा अध्यक्ष ढाकाराम अधिकारीले गरेका थिए ।

बन्द सत्रमा प्रस्तावित प्रतिवेदनमाथि दफावार छलफल गर्दै सर्वसम्मत पारित गरी केन्द्रिय समितिद्वारा संसोधित आठौं विधानको विपक्षमा एकमत भएर प्रस्तुत विधानको कार्यसमिति गठन र,निर्वाचन प्रणाली अलोकतान्त्रिक र अधिनायकवादी केन्द्रिकृत प्रवृत्ति उन्मुख देखिएकोले खारेज गर्नुपर्ने मांग सहित निर्णय गर्दै कावा ढाकाराम अधिकारीलाई अध्यक्षमा,रमा चुडाललाई वरिष्ठ उपाध्यक्षमा रं,पदम अधिकारीलाई उपाध्यक्षमा चयन गर्नुको साथै नगर कल्याण कोष,भैपरि आउने सहायता कोष स्थापना लगायत पूर्व प्रहरी मध्ये जेष्ठ सदस्य र,अमर शहिद परिवारलाई प्रहरी दिवसको अवसरमा सम्मान गर्न सर्वसम्मत निर्णय गरेको सल्लाहकार समिति संयोजक समय राईले बताए।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)