हल्दिवारी गाउँपालिका आफ्नै भवनमा सर्ने अन्तिम तयारीमा जुटेको छ । धनुष आकारको सुविधा सम्पन्न भवनमा चैतको पहिलो हप्ता सर्ने गरि काम भइ रहेको प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले जानकारी दिनु भएको छ ।
गाउँपालिका भवन भित्र सबै विभाग देखि अध्यक्ष ,उपाध्यक्ष ,प्रमुख प्रशासकीय कक्ष बनाइएको छ । विभिन्न गोष्ठी सेमिनार गर्नको लागि सभाहल ,चमेना गृह समेत रहने छ ।

