समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

निवार्चनमा सत्ता गठवन्धनले तालमेल गरे आफ्नो पार्टीलाई फाइदा हुन्छ : योगेश भट्टराई

काठमाडौं ९ चैत । नेकपा एमालेका स्थायी कमिटि सदस्य योगेश भट्टराईले आगामी निर्वाचनमा सत्ता गठवन्धन मिले आफ्नो लाभ हुने बताएका छन् ।

सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने पार्टीबीचको तालमेलले निर्वाचनमा सफलता नमिल्ने भन्दै नेता भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् । पार्टीको जारी केन्द्रिय कमिटिको बैठकमा नेता भट्टराईले यस्तो बताएका हुन् ।

स्थानीय तहको निर्वाचनमा एमालेले केन्द्रीयस्तरमा घोषणा गरेर कुनै पनि दलसँग तालमेल नगर्ने स्पष्ट पारेका भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत् गरेको राजनीतिक प्रतिवेदनमा स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टीप्रति प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)