९ ,चैत्र काठमाडौं । राप्रपाका निर्बाचित केन्द्रिय सदस्यद्वय पदम बहादुर तामाङ (संखुवासभा) र मदिना खातुन (लमजुङ)ले राप्रपा परित्याग गरेका छन् ।
राप्रपा परित्याग गर्दै तामाङ र खातुनले राप्रपा नेपालमा कृयाशिल हुने बताएका छन् ।
पार्टी अध्यक्ष कमल थापाले बिधान बमोजिम दुबैलाई केन्द्रिय सदस्यमा मनोनीत गर्नुभएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।