संखुवासभा , नेपाली काङ्ग्रेस धर्मदेवी नगरपालिकाले ” नेपाली काङ्ग्रेसको घर घर जाऔ , नेपाली काङ्ग्रेसलाई जिताऔ “ अभियानको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नगर सभापति बद्री घिमिरेको सभापतित्व तथा जिल्ला प्रतिनिधि संयोजक चित्ररेखा अधिकारीको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रममा जिल्ला प्रतिनिधि हरिश्वर थापा ,ज्ञान् ब कार्की,मेयर रमेशकुमार जिमि ,उपमेयर शोभा घिमिरे , जिल्ला , प्रदेश सभा ,नगर पदाधिकारी र वडा कार्य समिति तथा भातृ एवंम शुभेच्छुक संस्थाका प्रमुखहरुको उपस्थित रहेको थियो ।
धर्मदेवी नगरपालिकामा मेयर / उपमेयर काङ्ग्रेसले जितेपनी कार्यपालिका एमालेको बहुमत रहेकोले बिकास निर्माणमा हुन नसकेको बताउदै आगामी बैशाखमा हुन गैइ रहेको स्थानीय निर्वाचनमा बहुमत सहित काङ्ग्रेसलाई जिताउ अभियान आजबाट शुरु गरिएको नेविसंघका युवा नेता सरोज दाहालले बताए ।