हल्दिवारी ,१९ चैत । अखिल नेपाल महिला संघ तथा गाउँ सल्लाहकार परिषदको सयुक्त सपथ ग्रहण कार्यक्रम हल्दिवारीमा सम्पन्न भएको छ ।
नेकपा एमाले केन्द्रिय सदस्य दुर्गा प्रसाईको प्रमुख आतिथ्य तथा गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा भएको सफत ग्रहण कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरि ६७ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छ्न ।

उनिहरुलाई नेकपा एमाले केन्द्रिय सदस्य दुर्गा प्रसाईं , एक नम्बर प्रदेश कमिटी सदस्य मोहनचन्द्र रेग्मी ,सन्तलाल मेचे, हल्दिवारी गाउँपालिका उपाध्यक्ष तथा जिल्ला कमिटी सचिवालय सदस्य डम्बरबहादुर गिरि , सचिवालय सदस्य नरेस चुडाल ,छविलाल चुडाल , जिल्ला सदस्य ललिता बस्नेत लगायतले उनिहरुलाई एमालेमा स्वागत गरेका थिए ।
माओवादी केन्द्र परित्याग गर्नेमा सचिवालय सदस्य तथा सामाजिक अभियान्त गोपाल कुमार मैनाली तथा पुर्व जनमुक्ति सेनाका लडाकु सन्त कुमार माङयुङग को नेतृत्वमा ६७ जना नेता कार्यकर्ता हल्दिवारी २ बाट मात्र एमालेमा प्रवेश गरेका थिए ।