हल्दिवारी , २३ चैत । नेकपा एमाले हल्दिवारी वडाकमिटी ४ को बिस्तारिक बैठकले वडाका अध्यक्ष लगायत वडा सदस्यहरुको नामावली अनुमोदन गर्दै गाउँ कमिटीमा पठाउने निर्णय गरेको छ ।
आज बुधबार पार्टीको गाउँ कार्यालयमा भएको वडाको बिस्तारिक बैठकले आगामी निर्वाचनमा उम्मेद्बारीको लागि दावेदार भएकाहरुको सर्वसम्मत हुन नसकेपछि गाउँकमिटीमा सिफारिस गरि पठाएको पार्टीका वडा अध्यक्षका दाबेदार तथा एमाले पार्टी उपाध्यक्ष महेसलाल मेचेले बताए ।
उनका अनुसार वडा अध्यक्षमा उनी लगायत केदार प्रसाद उप्रेती र रन्जित मेचेको दावेदार रहेको छ भने वडा सदस्य खुल्ला पुरुष २ जनामा तीन जनाले दावेदारी दिएका छ्न ।
मेचेका अनुसार कुमार खतिवडा ,बालकृष्ण बेडारी र अमृत मेचेले खुल्ला सदस्यको लागि पार्टीमा मनोनयन दिएका छ्न ।
त्यस्तै महिला खुल्ला सदस्यमा तारादेविब ओलि ,चन्द्र कला खरेल र पवित्रा मेचे रहेका छ्न भने दलित महिला सदस्यमा सारधा बिस्वकर्मा रहेकी छ्न ।
वडाबाट सिफारिस भएर गाउँकमिटीमा पठाइएको नामावली लाई गाउँकमिटीले २५ गरे जिल्ला कमिटीमा सिफारिस गरि पठाउने कार्यतालिका रहेको छ भने जिल्ला कमिटीले सबै जिल्ला भरका वडाका उम्मेद्बारको नामावली २९ गते सम्ममा फाइनल गर्ने एमालेले जनाएको छ।