समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

देउनियाँ खोलामा डुबेर एक वृद्धको मृत्यु

भद्रपुर ,झापा २५ चैत ।भद्रपुरको देउनियाँ खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ४ मावुचोक निवासी ८४ वर्षीया बहादुरसिंह लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार दिउँसो घरबाट हिँडेका लिम्बु बेपत्ता भएका थिए । उनको खोजीका लागि परिवारजनले प्रहरीलाई जानकारी समेत गराएका थिए ।

शुक्रबार साँझ साढे ६ बजे लिम्बु देउनियाँ खोलामा डुबेको अवस्थामा फेला परेको हो । स्थानीयले पानीमा शव तैरिरहेको देखेपछि तत्काल वडा प्रहरी कार्यालय भद्रपुरलाई खबर गरेका थिए ।

वडाका प्रहरी निरीक्षक दलकुमार राईसहितको टोली घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाएको जनाइएको छ । साभार :  टाइम्स अफ प्रदेश

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)